IME Life
Beema Board

समितिले लघुबीमा कम्पनीको आवरणमा नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स दिंदै (निर्देशिका सहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन र निर्जीवन बीमा कम्पनीहरुको अत्यधिक संख्याका कारण नियमन गर्न कठिनाई भएको भन्दै संख्या खुम्च्याउनको लागी बाध्यात्मक मर्जर गराई रहेको समितिले पुनः लाइसेन्स वितरण गर्ने भएको छ ।

बीमा समितिले लघु बीमा कम्पनीको आवरणमा नयाँ जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई इजाजत पत्र जारी गर्नको लागी लघु बीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ ।

Prabhu
Crest

समितिले साउन ३१ गते संचालक समितिबाट स्वीकृत गरिएको निर्देशिका सोमबार आफ्नो वेभसाइटमार्फत् सार्वजनिक गरेको हो ।
निर्देशिकामा प्रस्तावित लघुबीमकको कर्पोरेट कार्यालय काठमाण्डौं उपत्यका बाहिर अवस्थित हुनुपर्नेछ प्रावधान राखिएको छ । समितिले छनौट भएका लघु बीमा कम्पनीको प्रस्ताव मध्ये कुनै खास प्रदेशमा मुख्य कार्यालय रहने गरी तोक्न सक्नेछ ।

लघु बीमा कम्पनीमा संस्थापक समूहको तर्फबाट कम्तीमा एकाउन्न प्रतिशत पूँजी लगानी भएको हुनुपर्नेछ । साथै सर्वसाधारणलाई कूल चुक्ता पूँजीको ३० प्रतिशत शेयर जारी गर्नुपर्ने प्रावधान राखिएको छ ।,साथै लघुबीमकले आफनो कमचारीको लागी चुक्ता पूँजीको पाँचसम्म शेयर छुट्याउन सक्नेछ ।

लगानीकर्ता संगठित संस्था भएमा सोको पूँजी वा जगेडा कोषमा लगानीयोग्य रकम भएको हुनुपर्ने शर्त राखिएको छ । संस्थापकका एकाघर पररवार, संस्था वा संस्थागत समूहको कुल चुक्ता पूँजीको १५ प्रतिशत वा सो भन्दा कम स्वामित्व हुनुपर्ने प्रावधान छ । साथै लघु बीमकको संस्थापक वा सञ्चालक निजको एकाघर पररवारका कुनै सदस्य सोही प्रकारका अन्य बीमकको सञ्चालक वा आधारभूत शेयरधनी भएको हुनुहुँँदैन । प्रस्तावित बीमकको आधारभतू शेयरधनी सोही प्रकारको अन्य बीमकको आधारभूत शेयरधनी हुन पाउनेछैन शर्त समेत छ ।

प्रस्तावकले लघु जीवन बीमा वा लघु ननजीवन बीमा व्यवसाय गर्ने गरी छुट्टाछुट्टै आवेदन दिनुपर्नेछ । संस्थापकले यसअघि कुनै बीमा कम्पनीमा लगानी गरेको भए त्यस्तो बीमकको नाम, लगानीको प्रतिशत र संचालक समितिमा प्रतिनिधित्व गरेको भए सो समेत खुल्ने गरी विवरणमा उल्लेख गर्नुपर्ने प्रावधान राखिएको छ ।

प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै बीमकमा प्रति हिस्सेदारी (क्रसहोल्डिङ) रहेको भए वा हुने गरी त्यस्तो लगानीकर्ता संस्थापक रहन पाउनेछैन ।

समितिले जारी गरेको ९ पाने निर्देशिकामा १३ वटा दफामा लघु बीमा कम्पनीको स्थापना, दर्ता र संचालन सम्बन्धी संक्षेपमा व्यवस्था उल्लेख गरिएको छ ।

लघु-निर्देशिका

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS