IME Life
Beema Board

निर्जीवन बीमा कम्पनीले कर्मचारीलाई छुटाए ७३ करोड ३९ लाखको बोनस, नेकोको सर्वाधिक: कसको कति?  

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट कर्मचारीका लागि ७३ करोड ३९ लाख रुपैयाँ बोनस दिने भएका छन् । अपरिष्कृत वित्तीय विवरणको मुनाफा अनुसार कम्पनीहरुले कर्मचारीका लागी उक्त रकम छुट्टाएर राखिसकेका छन् ।

कतिपय कम्पनीले साउनमा तथा दशैमा एडभान्सका रुपमा दिने गर्छन् । नियम अनुसार कर्मचारीलाई छुट्टाएको सबै बोनस भने साधारणसभा पश्चात मात्रै पाइन्छ । जीवन बीमा कम्पनीमा कर्मचारीले पाउने बोनसमा कुनै निश्चितता हुँदैन तर निर्जीवनका कर्मचारीहरुले समयमै पाउने गरेका छन् । सामान्यतया निर्जीवन बीमा कम्पनीको साधारणसभा ६ देखि १० महिनाको अवधिमा सम्पन्न हुने भएकाले पनि कर्मचारीले जीवनको तुलनामा छिटो लाभांश पाउछन् ।

Prabhu
Crest

गत आर्थिक वर्षमा बोनस प्रयोजनका लागि सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीका लागि ८ करोड रुपैयाँ छुट्टाएको छ । नेकोले अघिल्लो आर्थिक वर्षमा ७ करोड २० लाख रुपैयाँ दिएको थियो । दोस्रो धेरै बोनस रकम सगरमाथाको छ । सगरमाथाले ६ करोड ३६ लाख रुपैयाँ छुट्टाएको छ ।

तेस्रो धेरै शिखर इन्स्योरेन्सले ५ करोड ८७ लाख रुपैयाँ बोनस बापत व्यवस्था गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ५ करोड ७ लाख रुपैयाँ दिएको थियो । अन्य कम्पनीहरु क्रमश सिद्धार्थको ५ करोड ३९ लाख, नेपाल इन्स्योरेन्स ५ करोड २७ लाख, प्रिमियर ५ करोड १२ लाख, राष्ट्रिय बीमा कम्पनी ४ करोड ९८ लाख रुपैयाँ रहेको छ । हिमालयन सँग मर्ज भएको एभरेष्टका कर्मचारीको भने ४१ प्रतिशतले घटेको छ । कम्पनीले कर्मचारीका लागि ४ करोड १९ लाख रुपैयाँ छुट्टाएको थियो । गत वर्ष ७ करोड १४ लाख दिएको थियो । बोनस ऐन अनुसार बीमा कम्पनीहरुले मुनाफाको १० प्रतिशत कर्मचारीका लागि छुट्ट्याउनु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS