IME Life
Beema Board

निर्जीवन बीमा कम्पनीले पुनर्बीमा कमिशनबाटै कमाए झण्डै ५ अर्ब, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा पुनर्बीमा कमिशनबाटै ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २६.२० प्रतिशतले बढि हो । स्वदेशी पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्समा प्रत्यक्ष हिस्सा दिदा पुनर्बीमा कमिशन घट्ने भन्दै चर्को विरोध गरेका थिए । तर निर्जीवन बीमा कम्पनीहरुले भने जस्तो घट्नुको सट्टा बृद्धि भएको छ ।

गत आर्थिक वर्षमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ११ प्रतिशतले बढेको छ तर पुनर्बीमा कमिशन आय भने २६ प्रतिशतले बढेकोछ । डाइरेक्सेसन तथा कतिपय जोखिम पुर्ण रुपमा विदेशी पुनर्बीमा कम्पनीमा हस्तान्तरण गर्नु परेकाले पनि कमिशन बढेको हो । जति धेरै जोखिम बापत पुनर्बीमा शुल्क बाहिर पठाइन्छ कमिशन पनि त्यहि अनुपातमा धेरै आउने हो । बीमा कम्पनीहरुको लागि पुनर्बीमा कमिशन पनि एउटा प्रमुख आय हो ।

Prabhu
Crest

सर्वाधिक धेरै शिखर इन्स्योरेन्स कम्पनीले ६७ करोड ४६ लाख रुपैयाँ कमिशन आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ५४ करोड २२ लाख रुपैयाँ थियो । यो २४ प्रतिशलते बढि हो । शिखरमा सर्वाधिक धेरै प्लेन तथा हेलिकप्टको बीमा हुने भएकाले पनि यस्तो कमिशन बढि आए हो । प्लेनको पुनर्बीमा गर्दा लगभगत ९९.९० प्रतिशत नै पुनर्बीमा गरिन्छ । जसबाट कम्पनीले सर्वाधिक पुनर्बीमा कमिशन प्राप्त गरेको हो । सबै भन्दा धेरै बीमा हुने भ दोस्रो धेरै पुनर्बीमा कमिशन आर्जन गर्नेमा सिद्धार्थ रहेको रहेको छ । कम्पनीको यस्तो कमशिन १५ प्रतिशतले बढेर ४१ करोड १७ लाख रुपैयाँ छ ।

यस वर्षमा सबैभन्दा कम सगरमाथा र प्रभु इन्स्योरन्स कम्पनीको पुनर्बीमा कमिशनको बृद्धिदर घटेको छ । जसको ५ प्रतिशलते मात्रै बढेको छ । सगरमाथाले ३९ करोड ९७ लाख रुपैयाँ आर्जन गर्दा एनएलजी इन्स्योरेन्सको २२ प्रतिशलते बढेर २ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । गएको वर्षमा मुनाफा तथा बीमा शुल्क आर्जनमा सर्वाधिक पहिलो स्थानमा रहेको नेकोको पुनर्बीमा कम्पनी आय ५० प्रतिशतले बढेको छ । यो भन्नुको अर्थ कम्पनीले यस वर्ष धेरै नै जोखिम पुनर्बीमा कम्पनीमा हस्तान्तरण गरेको पाइएको छ ।

अन्य कम्पनीहरु क्रमश आइएमईको २७ करोड ९३ लाख, राष्ट्रिय बीमा कम्पनी २६ करोड, प्रिमियर २५ करोड ९१ लाख, अजोड प्रमुख २४ करोड आर्जन गरेको छ । कुन कम्पनीको कति सूचिसहित

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS