IME Life

लक्ष्मी लघुवित्तद्धारा व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी लघुवित्तले धादिङको महादेववेशी शाखामा आवद्ध ग्राहक सदस्यहरुलाई व्यवसायिक तरकारी खेती प्रदान गरेको छ । भदौ १ देखि २ गतेसम्म गरि दुई दिनसम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख २१ जना ग्राहकहरु सहभागी भएका थिए ।

कम्पनीका अनुसार ग्राहक सदस्यहरुको सीप र क्षमता अभिवृद्धि लागि व्यवसायिक तरकारी खेती तालिम आयोजना गरिएको थियो । तालिमको माध्यमबाट कृषकहरुले स्थानिय स्तरमा उपलब्ध स्रोत र साधनहरुको उच्चत्तम उपयोग गरी कम लागतमा बढी मुनाफा गर्ने साथै तालिमले ग्राहक सदस्यहरुलाई सफल व्यवसायी बनाउन मद्धत पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) ओम प्रकाश भुसालले गरेका थिए ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, लक्ष्मी लघुवित्त स्मार्ट एप र मोबाईल पैसा सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS