IME Life

कुन वाणिज्य बैंकलाई कर्जा दिन सहज ? (इन्फोग्राफिक सहित)

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बैंकर्स एसोसिएशनले प्रदान गरेको साउन महिनाको तथ्याङ्क अनुसार तीन वाणिज्य बैंकको सिडी रेसियो ९० प्रतिशत माथि पुगेको छ । सेञ्चुरी कमर्सियल बैंक, नबिल बैंक र नेपाल बैंकको सिडी रेसियो ९० प्रतिशत माथि छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको सिडी रेसियो ९० प्रतिशत भन्दा मुनी हुनु पर्नेमा बैंकहरुको औसत सिडी रेसियो नै ८८ प्रतिशत माथि पुगेको छ । सिडी रेसियो ९० माथि हुने बैंकलाई कर्जा प्रवाह गर्न अप्ठेरो हुन्छ ।

२६ वाणिज्य बैंक मध्ये सेञ्चुरी कर्मसियल बैंकको सिडी रेसियो सबै भन्दा धेरै ९१ दशमलव ६३ प्रतिशत रहेको छ भने नबिल बैंकको ९० दशमलव ९२ प्रतिशत र नेपाल बैंकको ९० दशमलव ७२ प्रतिशत रहेको छ ।

Prabhu
Crest

बैंकहरुको औसत सिडी रेसियो ८८ दशमलव ०७ रहेको छ । सबै भन्दा कम सिडी रेसियो प्रभु बैंकको ८२ दशमलव ८८ प्रतिशत रहेको छ भने नेपाल एसबिआई बैंकको ८४ दशमलव ६४ प्रतिशत रहेको छ ।

सिडी रेसियो कम हुँदा बैंकसँग कर्जा प्रवाह गर्ने तरल रकम धेरै हुन्छ भने सिडी रेसियो ९० हुँदा कर्जा प्रवाह गर्न  बैंकलाई समस्या हुने देखिन्छ ।

वाणिज्य बैंकहरुको सिडी रेसियो बढ्दै जानुको कारण वाणिज्य बैंकबाट निक्षेप घट्दै जानु हो । साउन महिनामा मात्र वाणिज्य बैंकबाट १ खर्ब ८ अर्बले निक्षेप घटेको छ । असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब रहेको निक्षेप साउन मसान्तसम्म आउँदा ४४ खर्ब ३३ अर्ब पुगेको छ । निक्षेप आक्रामक रुपमा घट्दा र कर्जा प्रवाह स्थीर हुँदा बैंकको सिडी रेसियो टाइट हुँदै गएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS