IME Life

मर्जरको प्रक्रियामा रहेका प्राइम, गुराँस र यूनियन लाइफलाई दाँजेर हेर्दा (इन्फोग्राफिक सहित)

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब चुक्ता पूँजीको लक्ष्य दिएसँगै हकप्रदको साटो धेरै जीवन बीमा कम्पनीहरुले मर्जरको बाटो रोजेको देखिएको छ । यसै बीच ३ जीवन बीमा कम्पनी गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफले पनि मर्जरमा जाने प्रक्रियामा छन् । गुराँस लाइफ र प्राइम लाइफ पुराना जीवन बीमा कम्पनी हुन् भने यूनियन लाइफ नयाँ जीवन बीमा कम्पनी हो ।  तीन जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन :

चुक्ता पूँजीको आधारमा :
चुक्ता पूँजीको आधारमा प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड छ भने यूनियन लाइफको चुक्ता पुँजी २ अर्ब १५ करोड रहेको छ त्यस्तै गुराँस लाइफको चुक्ता पुँजी २ अर्ब ८ करोड रहेको छ ।

Prabhu
Crest

बीमा समितिको अनुसार जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी आवश्यक पर्ने देखिन्छ । मर्जर पश्चात नयाँ बन्ने कम्पनीले सो लक्ष्य सजिलै हासिल गर्ने देखिन्छ ।

जगेडा कोषको आधारमा :
जगेडा कोषको आधारमा यूनियन लाइफको जगेडा कोषमा १ अर्ब ७ करोड संचित छ भने गुराँस लाइफको जगेडा कोषमा ५८ करोड ७४ लाख रुपैयाँ संचित हुँदा प्राइम लाइफको जगेडामा ५३ करोड २९ लाख रुपैँया संचित छ ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कोषको आधारमा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा जीवन बीमा कोषमा प्राइम लाइफ अघि छ । प्राइम लाइफको जीवन बीमा कोषमा १८ अर्ब ५५ करोड छ भने गुराँस लाइफको जीवन बीमा कोषमा १२ अर्ब ४५ करोड हुँदा यूनियन लाइफको जीवन बीमा कोषमा ११ अर्ब २७ करोड रुपैयाँ संचित छ ।

बीमा शुल्क आर्जन रकमको आधारमा :
बीमा शुल्क आर्जन रकमको आधारमा १ वर्षको अवधिमा यूनियन लाइफले  सर्वाधिक ७ अर्ब ५९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने प्राइम लाइफले ४ अर्ब ६१ करोड खुद बीमा शुल्क आर्जन गर्दा गुराँस लाइफ इन्स्योरेन्सले ३ अर्ब ५ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा :
खुद नाफाको आधारमा गत आर्थिक वर्षमा प्राइम लाइफले २२ करोड खुद नाफा गरेको छ भने गुराँस लाइफ इन्स्योरेन्सले १७ करोड ५१ लाख खुद नाफा गर्दा यूनियन लाइफ १ करोड २७ लाख खुद नाफामा रहेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
प्रति शेयर आम्दानीको आधारमा गुराँस लाइफको वार्षिक प्रति शेयर आम्दानी ८ रुपैयाँ ४० पैसा हुँदा प्राइम लाइफको ७ रुपैयाँ ९२ पैसा र यूनियन लाइफको ५९ पैसा छ ।

किताबी मूल्य :
किताबी मूल्यको आधारमा यूनियन लाइफको किताबी मूल्य ( प्रति  शेयर नेट्वर्थ ) १५५ रुपैयाँ ८० पैसा हुँदा गुराँस लाइफको १३१ रुपैयाँ ७८ पैसा हुँदा प्राइम लाइफको १२५ रुपैयाँ ६४ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS