IME Life
Beema Board

अत्याधिक सरेण्डरले जीवन बीमा कम्पनीको दाबी भुक्तानी ४५ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति (सूचि सहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अत्याधिक सरेण्डरका कारण जीवन बीमा कम्पनीको दाबी भुक्तानी ४५ प्रतिशतले बढेको छ । गएको वर्षमा जुन अनुपातमा जीवन बीमा शुल्क आर्जनमा बृद्धि भएको थियो यस वर्षदेखि दाबी भुक्तानीमा पनि बृद्धि हुन थालेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा जीवन बीमा कम्पनीहरुले ५० अर्ब ५५ करोड रुपैयाँ भुक्तानी गरेका छन् । जवकी अघिल्लो आर्थिक वर्षमा ३४ अर्ब ९३ करोड रुपैयाँ भुक्तानी गरेका थिए । पुराना कम्पनीका साथ साथै नयाँ कम्पनीमा पनि सरेण्डर रेसियो बढिरहेको छ ।

Prabhu
Crest

यसका अतिरिक्त पुराना कम्पनीमा बीमा पोलिसी परिपक्व भएर दाबी भुक्तानी बढिरहेको छ । पुराना कम्पनीहरुले जीवन बीमा व्यवसायको पहिलो साइकल पुरा गर्ने चरणमा छन् । यसरी पहिलो चरणको साइकल पुरा हुँदा दाबी भुक्तानीको रेसियो बढ्ने गर्दछ । अर्को तर्फ केहि नयाँ जीवन बीमा कम्पनीहरुले विगतका सुरुवाति वर्षमा बजारमा धेरै व्यवसाय गरेको देखाउन ठुला ठुला बीमाङ्कका पोलिसी खरिद गरेका थिए । जुन पोलिसी अहिले भटाभट सरेण्डर भइरहेका छन् ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै नेपाल लाइफले १४ अर्ब १६ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । यहि अवधिमा ३४ अर्ब ९८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यसरी बीमा शुल्कको अनुपातमा दाबी भुक्तानीको हिस्सा ४० प्रतिशत रहेको छ । नेपाल लाइफको अघिल्लो वर्षको यहि अवधिमा खुद दाबी भुक्तानी ८ अर्ब ७८ करोड रुपैयाँ थियो । जुन ६१ प्रतिशतले बढेको हो । बीमा शुल्क आर्जन ९ प्रतिशतले बढ्दा दाबी भुक्तानी भने ६१ प्रतिशतले बढ्दै जानु आफैमा राम्रो सूचक होइन ।

दोस्रो धेरै दाबी भुक्तानी गर्नेमा एलआइसी नेपाल रहेको छ । कम्पनीको दाबी भुक्तानी २३ प्रतिशलते बढेर ९ अर्ब ६ करोड पुगेको छ । तेस्रो धेरै दाबी भुक्तानी गर्नेमा नेशलन लाइफ रहेको छ । कम्पनीको दाबी भुक्तानी ४६ प्रतिशले बढेर ५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

प्रतिशतका हिसावले सबैभन्दा प्रभु लाइफको बढेको छ । प्रभु लाइफको दाबी भुक्तानी ४६७ प्रतिशतले बढेर ४३ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा जम्मा ७ करोड ६४ लाख रुपैयाँ थियो । प्रतिशतका हिसावले सबैभन्दा कम महालक्ष्मी लाइफको ५.२६ प्रतिशतले मात्रै बढेको छ । कम्पनीले यस अवधिमा १८ करोड ९५ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ ।

बीमा कम्पनीले दाबी भुक्तानी गर्न राम्रो हो तर अस्वस्थ प्रतिस्पर्धाले वास्तविक भन्दा देखावटी खरिदको अभ्यास नै बीमा क्षेत्रका लागि घातक छ । यहि कारणले बीमा समितिले पछिल्लो समय यस विषयमा अध्ययन गरिरहेको छ । यदि सरेण्डरले दाबी भुक्तानी बढेको हो भने यसलाई नियन्त्रण गर्नु पर्छ । कम्पनीहरुले ५० अर्ब रुपैयाँ दाबी भुक्तानी गर्दा अझै ४ अर्ब ८६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS