IME Life
Beema Board

बीमालेख धितोकर्जामा बीमितको सर्वाधिक आकर्षण, एक वर्षमै ३०%ले बढेर ६७ अर्ब माथि लगानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमितको बीमालेख धितोकर्जामा अत्याधिक आकर्षण देखिएको छ । बीमितहरुले गत आर्थिक वर्षमा मात्रै आफ्नो बीमालेख धितोमा राखेर १५ अर्ब ८६ करोड रुपैयाँ लिएका छन् । गत आर्थिक वर्षसम्ममा बीमितले यस्तो कर्जा ६७ अर्ब ७० करोड लिइएको पाइएको छ ।

बीमा कम्पनीहरुले सार्वजनिक गरेको परिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ५१ अर्ब ८३ करोड रुपैयाँ लिएका थिए । यस आधारमा गत वर्षमा मात्रै यस्तो कर्जा ३०.६१ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

बीमितहरुले बीमालेख धितोमा राखेर ९ प्रतिशतदेखि ११ प्रतिशतमा कर्जा प्राप्त गर्न सक्छन् । कतिपय बीमितहरुले बीमा कम्पनीहरुबाट कर्जा लिएर बैंक तथा वित्तीय संस्थाको महंगो व्याजदरका मुद्दती निक्षेपमा जम्मा गरेका छन् । यसले गर्दा पनि गत वर्षमा यस्तो कर्जा बढेको एक बीमकले जानकारी दिए । अहिले बैंकहरुले निक्षेपमा ११ देखि १३ प्रतिशतसम्म व्याज प्रदान गरिरहेका छन् । अर्को तर्फ बैंकको तुलनामा बीमा कम्पनीबाट सजिलो कर्जा प्राप्त गर्न सकिने भएकाले पनि साना तिना गर्जो टार्न बीमितले कर्जा लिइरहेका छन् ।

बीमालेख धितोमा कर्जा बढ्नुको अर्को कारण बीमा समितिले अभिकर्तालाई कर्जा प्रवाहमा रोक लगाएर पनि हो । बीमा समितिले गत वर्ष अभिकर्ताहरुलाई सवारी साधन तथा अन्य कर्जामा कडाइ गर्दा यस वर्ष बीमालेख धितोकर्जा ह्वात्तै बढेको एक बीमकले जानकारी दिए । बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई प्रोत्साहन गर्न गैरकानुनी रुपमा कर्जा प्रवाह गर्दै आएका थिए । समितिले यस्तो कार्यमा कडाइ गरे सँगै अभिकर्ताको ध्यान बीमालेख धितोमा मोडिएको छ । जुन आफैमा बैधानिक हो । अर्को तर्फ बीमितको संख्या बढिरहेकाले पनि बीमालेख धितोकर्जामा उल्लेख्य बृद्धि आएको छ ।

जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफले सर्वाधिक धेरै  २४ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको पाइएको छ । नेपाल लाइफले अघिल्लो आर्थिक वर्षको भन्दा २६.७२ प्रतिशतले बढाएको हो । दोस्रो धेरै एलआईसी नेपालका बीमितले लिएका छन् । यस्तो कर्जा प्रवाह एकै वर्षमा २७.९७ प्रतिशतले बढेर १८ अर्ब ११ करोड रुपैयाँ प्रवाह गरेका छन् ।

रकमका हिसावले सबैभन्दा धेरै पुराना बीमा कम्पनीमा धेरै प्रवाह भएको देखिन्छ भने प्रतिशतका आधारमा नयाँ कम्पनीको बृद्धिदर अधिक छ । सानिमा लाइफले एक वर्षको अवधिमा तीन करोड २९ लाख रुपैयाँको कर्जा प्रवाहलाई विस्तार गरेर १४ करोड १८ लाख रुपैयाँ पुर्याएको छ ।

कुन कम्पनीको कति लगानी ?  

कसरी लिन सकिन्छ बीमालेख धितो कर्जा ? के छ प्रक्रिया ?

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले बीमालेख धितोवापत कर्जा प्रदान गर्ने गर्दछन् । यस्तो कर्जा बीमा योजनाको प्रकृति अनुसार फरक–फरक पर्न जान्छ । सामान्यतया बीमा कम्पनीहरुले कर्जा प्रवाह गर्दा बीमीतहरुले बीमा कम्पनीमा भुक्तानी गरेको बीमा शुल्कको आधारमा समर्पण मूल्य (सरेन्डर भ्यालु) निकालिन्छ र सोही मूल्याङ्कनको आधारमा ऋण दिइन्छ ।

बीमितले बीमालेख धितो राखेर ऋण लिनको लागि कम्तीमा पनि तीन वर्षको बीमा शुल्क भुक्तानी गरेकै हुनुपर्छ । तीन बर्षसम्म बीमा शुल्क तिरेका बीमितले बीमा कम्पनीमा बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पती धितो नराखीकनै ऋण प्राप्त गर्न सक्दछन् । बीमितले तीन वर्ष पछि सरेण्डर भ्यालुको न्युनतम ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्छन् ।

बीमालेख धितो राखेर लिईएको ऋण बीमा अवधिभर कुनै पनि समयमा भुक्तान गर्न सकिन्छ । बीमितले ऋण चुक्ता गर्न नसकेको अवस्थामा बीमा कम्पनीले बीमा शुल्कबाट नै आफुले लिएको सो ऋण असुल गर्न पाउने व्यवस्था रहेको छ ।

बीमा कम्पनीले ऋण नतिरीकनै बीमितको मृत्यु भएमा वा अन्य कुनै जोखिम आईलागेमा ऋण कटाएर बाँकी रकम बीमित भए बीमितलाई र बीमित नभएको खण्डमा बीमितले ईच्छाएको व्यक्तिलाई उपलब्ध गराईन्छ । बीमालेख धितो राखेर लिईने ऋणको ब्याजदर भने बीमा कम्पनीहरुले नै आआफ्नै फरक खालका ब्याजदर तोकेका हुन्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS