IME Life
Beema Board

सर्वाधिक सरेण्डर गराउने अभिकर्ताले लिएका सेवा सुविधाको विवरण पेश गर्न समितिको निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले ५० लाख भन्दा माथिका पोलिसी सरेण्डर गराउने अभिकर्ताको विवरण माग गरेको छ । समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरु सँग ५० लाख भन्दा माथिको पोलिसी सरेण्डर गराएका अभिकर्ताले बुझेको कमिशन तथा इन्सेन्टिभ र बोनस रकमको विवरण माग गरेको हो । कम्पनीहरुलाई तीन दिन भित्र उक्त विवरण पेश गर्न निर्देशन दिइएको छ ।

बीमा समितिले यस भन्दा अगाडी ५० लाख भन्दा ठुला पोलिसीको सरेण्डर विवरण माग गरेको थियो । अव समितिले उक्त पोलिसी मार्फत बीमा कम्पनीले कति बीमा शुल्क प्राप्त गर्यो, सरेण्डर हुँदा बीमितले कति रकम प्राप्त गर्यो र अभिकर्ताले इन्सेन्टिभ, कमिशन र बोनस के कति प्राप्त गर्यो त्यसको तथ्याङ्कलाई हेर्न खोजेको छ ।

Prabhu
Crest

यस तथ्याङ्कबाट यदि बीमा कम्पनीले बीमित सँग लिएको बीमा शुल्क भन्दा सरेण्डर रकम र अभिकर्ताले बुझेको कमिशन र इन्सेन्टिभ बढि देखियो भने एक्सन लिने तयारी गरेको छ । समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै बीमा अभिकर्तालाई प्रदान गर्ने कमिशन तथा इन्सेन्टिभ रकमलाई पारदर्शी बनाउने उद्देश्य अनुरुप चालु आर्थिक वर्ष २०७९/८० देखि बीमकले सञ्चालनमा ल्याएको सफ्टवेयर प्रणालीमा नै प्रत्येक बीमा अभिकर्ताको कमिशन तथा इन्सेन्टिभ बोनस स्पष्ट रुपमा देखिने गरी भुक्तानी व्यवस्था भए नभएको इकिन गर्नसमेत निर्देशन दिएको छ । साथै ५० लाख भन्दा माथिको पोलिसी सरेण्डर गराउने अभिकर्ताको तोकिएको विवरण तीन दिनभित्रमा पेश गर्न समेत निर्देशन दिइएको छ ।

समितिले सर्वाधिक धेरै पोलिसी सरेण्डर गराउने अभिकर्तालाई अनुन्धान गरिरहेको छ । जीवन बीमा कम्पनीहरुमा केहि समुहले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीको मिलेमतोमा ठुला ठुला पोलिसी जारी भएको देखाउने र निश्चित समय पछि सरेण्डर गराउने गलत अभ्यास गर्दै आएका छन् । यस्तो अभ्यासलाई निरुत्साहित गर्न समितिले सरेण्डर गर्न पाउने अवधिलाई बढाएर तीन वर्ष पुर्याइदिएको छ । यस्तो अवधि बढाउदा पनि सरेण्डर हुने क्रम नरोकिए पछि समितिले यसको समय बढाउनेसम्मको योजना तर्जुमाका लागि छलफल गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS