IME Life
Beema Board

जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन १४ प्रतिशतले बढ्दा कुन कम्पनीको कतिले बढ्यो (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन १४.०२ प्रतिशतले मात्रै बृद्धि भएको छ । जवकी गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जनको बृद्धिदर २८ प्रतिशत थियो । अघिल्लो दुई आर्थिक वर्षमा आक्रामक जीवन बीमा कम्पनीहरु यस वर्ष भने केहि सुस्त देखिएका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा ९४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका जीवन बीमा कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब १८ करोड रुपैयाँ आर्जन गरेका थिए । जुन २८ प्रतिशतले सुधार थियो । तर गत आर्थिक वर्ष २०७८/७९ मा एक खर्ब ३५ अर्ब रुपैयाँ आर्जन गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले मात्रै बढि हो । यसरी तीन आर्थिक वर्षको अवधिमा खुद बीमा शुल्क आर्जनको बृद्धिदर २८ प्रतिशतबाट १४ प्रतिशत विन्दुमा झरेको छ ।

Prabhu
Crest

गएको वर्ष नयाँ जीवन बीमा कम्पनीहरु आक्रामक हुँदा पुराना कम्पनीहरुलाई पनि दवाव सिर्जना भएको थियो । यस वर्ष पनि तुलनात्मक रुपमा जीवन नै अगाडी छन् । गत वर्ष सबैभन्दा धेरै बृद्धिदर प्रभु लाइफको छ । प्रभु लाइफले गत आर्थिक वर्षमा ६३ प्रतिशतले बीमा शुल्क आर्जन बृद्धि गर्दै २ अर्ब २९ करोड रुपैयाँ संकलन गरेको छ । तर सर्वाधिक बीमा शुल्क आर्जन गर्ने पहिलो नम्बरमा भने नेपाल लाइफ नै छ । नेपाल लाइफले ९ प्रतिशतले बढाउदै ३४ अर्ब ९८ करोड रुपैयाँ आर्जन गरेको छ ।

दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा एलआईसी नेपाल रहेको छ । जसले १८ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै तेस्रो नम्बरमा रहेको नेशनल लाइफले १४ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चौथो नम्बरमा राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३९ करोड रुपैयाँ संकलन गरेको छ ।

पाँचौ नम्बरमा भने नयाँ जीवन बीमा कम्पनी युनियन लाइफले ७ अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको छ । अन्य कम्पनीहरुमा क्रमश एशियन लाइफ ६ अर्ब ८० करोड, सिटिजन ५ अर्ब एक करोड, मेट लाइफ ४ अर्ब ९८ करोड, सूर्या ४ अर्ब ९२ करोड, प्राइम चार अर्ब ६१ करोड, रिलायबल नेपाल तीन अर्ब ७७ करोड, ज्योति लाइफ तीन अर्ब ६२ करोड, आइएमई तीन अर्ब ४० करोड, गुराँस तीन अर्ब ५ करोड, रिलायन्स २ अर्ब ९९ करोड, सन नेपाल २ अर्ब ४५ करोड, सानिमा लाइफ २ अर्ब ३१ करोड, प्रभु लाइफ २ अर्ब २९ करोड र महालक्ष्मी लाइफले एक अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS