IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सको अधिकांश सूचकमा बृद्धि, नाफा १४% ले बढ्दा खुद बीमा शुल्क आर्जन ७१ करोड ९ लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/ ७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

१ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३१ करोड ११ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४२ करोड ४१ लाख रुपैयाँ थियो । महा विपत्ति कोषमा ५ करोड १२ लाख रुपैयाँ छ । यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब १४ करोड २२ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

कम्पनीले यस अवधिसम्ममा २३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १४ प्रतितशले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले ७१ करोड ९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६८ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ प्रतिशतले बढी हो ।

कम्पनीले यस अवधिमा ५५ करोड १३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधमा कम्पनीले ४५ करोड ५४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ४३ पैसा रहेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ९० करोड १२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ९१ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी दाबी रकम रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS