IME Life
Beema Board

सानिमा लाइफको बीमाशुल्क २० प्रतिशतले वृद्धि, करिव १६ करोड नाफा (रिपोर्ट सहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं।  सानिमा लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन २० दशमलव ६८ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले १ अर्ब ९६ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा ५४ दशमलव ८१ प्रतिशतले वृद्धि हुँदै १५ करोड ९१ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १० करोड २७ लाख थियो ।

Prabhu
Crest

२ अर्ब चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ३९ करोड १८ लाख रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा ५९ दशमलव ३१ प्रतिशत वृद्धि हुँदै ३ अर्ब ३४ करोड पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा र किताबी मूल्य १२१ रुपैयाँ ६७ पैसा छ । गत आर्थिक वर्षमा ४३ करोड ८३ लाख कुल दावी भुक्तानी  गरेको कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS