IME Life

नेपाल लाइफको जीवन बीमा कोष २१ प्रतिशतले बढ्यो, १ खर्ब ३६ अर्बको विशाल कोष

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कम्पनीले ३५ अर्ब ४४ करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले कुल रु ३२ अर्ब ३६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

जीवन बीमा कम्पनीहरुलाई मापन गर्ने एउटा प्रमुख सूचक मध्येको एक जीवन बीमा कोष रहेकोमा सो कोष साढे २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षसम्म १ खर्ब १२ अर्ब रहेको जीवन बीमा कोष गत आर्थिक वर्षको असार मसान्तसम्म २१ दशमलव ५८ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ३६ अर्ब पुगेको छ ।

Prabhu
Crest

कम्पनीले ७८ करोड माथि आम्दानी गरे पनि यो वर्ष नोक्सानीको लागि ७७ करोड माथि व्यवस्था गरिँदा कम्पनी घाटामा देखिएको छ । अघिल्लो वर्ष नोक्सानीको लागि व्यवस्था नहुँदा कम्पनीको नाफा देखिएको थियो  ।  आर्थिक वर्ष ७८/७९को असार मसान्तसम्म कम्पनीको खुद नोक्सानी ३५ करोड २७ लाख रहेको छ । तर, जीवन बीमा कम्पनीहरुको हकमा भने बीमाङ्कीय मूल्याङ्कन पश्चात मात्र जीवन बीमा कम्पनीको वास्तविक मुनाफा आउँछ । त्यस्तै कम्पनीले अघिल्लो आर्थिक वर्ष १८ करोड ५५ लाख व्यवस्था फिर्ता गरेर आम्दानी गरेको थियो भने गत वर्ष सो सिर्षकमा आम्दानी देखिएको छैन ।

भुक्तानी हुन बाँकी दावी रकम करिव ३३ प्रतिशतले कम गराउन कम्पनी व्यवस्थापन सफल भएको छ । अघिल्लो आर्थिक वर्षसम्म २ अर्ब ५५ करोड भुक्तानी हुन् बाँकी दावी रकम हुँदा गत अर्थिक वर्षसम्म १ अर्ब ७१ करोड मात्र बाँकी छ ।

दावी भुक्तानीमा पनि नेपाल लाइफ गत आर्थिक वर्ष आक्रामक देखिएको छ । १ वर्षमा कम्पनीले कुल १३ अर्ब ३२ करोड दावी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्ष सो रकम ९ अर्ब ७१ करोड थियो ।

८ अर्ब २० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २८ करोड ८३ लाख रकम संचित छ । प्रकाशित रिपोर्ट अनुसार प्रति शेयर आम्दानी ४ रुपैयाँ ३० पैसा ऋणात्मक छ भने किताबी मूल्य ११२ रुपैयाँ २९ पैसा छ ।

नेपाल लाइफले बीमा लेख धितो कर्जा अन्तर्गत २४ अर्ब ७६ करोड कर्जा प्रवाह गरेको छ भने सो कर्जा अघिल्लो आर्थिक वर्ष भन्दा २७ प्रतिशतले धेरै हो । त्यस्तै आर्थिक वर्ष ७८/७९ मा कम्पनीले आफ्ना  अभिकर्तालाई ३ अर्ब ५२ करोड कमिसन दिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS