IME Life

लक्ष्मी लघुवित्तको वित्तीय विवरणले के देखायो ? नाफा कति ?

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफामा १८ प्रतिशतको गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा १९ करोड ७१ लाख नाफा कमाएको यस लघुवित्तले गत आर्थिक वर्षमा भने करिव १६ करोड ७ लाख नाफा कमाएको छ ।

प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी ३ दशमलव ४० प्रतिशतले वृद्धि हुँदै ५३ करोड ५२ लाख पुगेको छ भने संचालन नाफा १७ दशमलव ४७ प्रतिशतले घट्दै २३ करोड ६७ लाख पुगेको छ ।

Prabhu
Crest

३८ करोड ४० लाख चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा १६ करोड माथि संचिति छ भने संचित मुनाफामा २९ करोड  माथि संचिति छ ।

निक्षेप संकलन करिव २३ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ५५ करोड पुग्दा कर्जा प्रवाह करिव २२ प्रतिशतलेनै वृद्धि हुँदै ७ अर्ब ७२ करोड पुगेको छ । त्यस्तै लघुवित्तले २० प्रतिशत धेरै ४ अर्ब ४५ करोड सापटी लिएको छ ।

लघुवित्तको प्रकाशित तथ्यांक अनुसार प्रति शेयर आम्दानी ४१ रुपैयाँ ८५ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्ष प्रति शेयर आम्दानी ६१ रुपैयाँ ६० पैसा थियो । त्यस्तै प्रति शेयर नेटवर्थ २२० रुपैयाँ ५६ पैसा छ ।

लघुवित्तले एनएफआरएस प्रणालीमा वित्तिय विवरण सार्वजनिक गरेको हुनाले वितरणयोग्य मुनाफा पनि सार्वजनिक गरेको छ । लघुवित्तको वितारणयोग्य मुनाफा ११ करोड १४ लाख रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS