IME Life
Beema Board

सरेण्डर घटाउन अवधि बढाएर मात्रै हुँदैन जरैदेखि समस्या समाधान गर्नुपर्छ, कैलाश देवकोटाको विचार

SPIL
NIC ASIA

कैलाश देवकोटा । आजको यूगमा बीमा अपरिहार्य आवश्यकता हो । बीमा जुन रुपमा अगाडी बढीररेको छ यस संगै बिकृतीहरु पनि बढेका छन् । बीमाको आवश्यक्तासँगै यसले भित्रयाएका बिकृतीहरु तथा संभावित बिकृतीहरु समेतलाई समयमै निराकरण गर्न जरुरी छ अन्यथा बीमा प्रतिको बिश्वासमा ह्रास आउने अवस्था नहोला भन्न सकिदैन । बीमामा थुप्रै बिकृतीहरु बिध्यमान छन् । जीवन बीमाका आफ्नै बिकृती छन् भने आर्कोतिर निर्जीवन बीमाका पनि थुप्रै बिकृतीहरु कायम छन् । के यी सबै बिकृतीहरु नियमनकारी निकायले मात्र निर्मुल गर्न सम्भव छ त ? कदापी छैन , यसका लागी बीमक, बीमित, अभिकर्ता तथा सम्बन्धीत सबैजना आ-आफ्नो ठाउबाट जिम्मेवार हुन जरुरी छ ।

बीमालेख ब्यतीत संख्यामा बृद्धी हुनु तथा समर्पण बढ्नु यो कुनै नौलो र आश्चर्यचकित कुरो होइन । बीमालेखको संख्या बढेसँगै यो पनि बढ्छ । तर अस्वभाबिक बृद्धीचाही चिन्ताको बिषय हो । बीमालेख समर्पणको समय अवधी यस अघी बीमा समितीले २ बर्ष बाट ३ बर्षमा बढाई सकेको छ र हाल आएर अब ५ बर्षको अवधी राख्ने प्रस्ताव आइरहेको सन्दर्भमा फेरी ५ बर्ष पछी हुने समर्पणलाई के गर्ने ? समर्पण गर्नै नपाउने नियम लगाउने त ? के यो ग्राहकको हक र हीतमा होला ? यसरी निति र नियममा मात्रैको परिवर्तनले खासै फरक पर्ने देखिदैन यसका लागी जरादेखिनै यसको कारणहरु पत्ता लगाई यसलाई निर्मुल गर्न सक्नु पर्छ ।

Prabhu
Crest

धेरै पटक सुनिने गरेको छ आफ्नो हैसियत भन्दा बढीको बीमा गराउदा तिर्न नसकेर समर्पण गर्ने गरिन्छ । मेरो अनुभवमा यो तर्क त्यती सान्दर्भिक देखिदैन ब्यवहारिक हिसाबले पनि आजको समयमा आफ्नो हैसियत भन्दा बढीको बीमा कसैले गर्दैन एक त बीमा गराउनै गाह्रो छ गरिहालेपनि हैसियत भन्दा कमकै बीमा गरेको भेटिन्छ र ति बीमाहरुपनि समर्पण हुनेगरेका छन् । यसको प्रमुख तथा पहिलो कारण भनेको Force Sell हो र After Sale Service फितलो हुनु र धेरै केसमा After Sale Service हुँदै नहुनु पनि हो ।

बीमालेख समर्पणको अर्को कारण बिभिन्न कम्पनीहरुले अभिकर्ताहरुलाई दिने Scheme तथा Incentive पनि हो । यहाँ कसले बढी Incentive दिने भन्ने होडबाजीनै छ । कतीपय कम्पनीमा त प्रिमियमको ५० प्रतिशत भन्दा बढी रकम अभिकर्ताले कमिशन तथा Incentive को रुपमा फिर्ता पाउने अवस्था रहेको थियो (हाल Incentive कम भएको हुन सक्छ ) यसरी कम्पनीको निश्चित लक्ष हासील गरि बढी Incentive प्राप्त गर्नलाई समेत कतिपय अभिकर्ताहरुले आफ्नै र आफन्तको बीमालेख काट्ने र पछि समर्पण गर्ने प्रबृत्तीले पनि बीमालेख समर्पणमा बृद्धी भएको छ ।

बीमालेख समर्पणको तेस्रो कारण हाल बजारमा देखिएको मुद्रा स्फिती पनि हो । हिजो केही राम्रो आर्थिक हैसियतमा रहेकाले पनि हालको महंगीले गर्दा बीमा शूल्कमा कटौती गर्न चाहेको देखिन्छ जसले गर्दा बीमालेख समर्पणलाई बल पुर्याएको देखिन्छ । तर यो संख्या न्यून अनुमान गर्न सकिन्छ । यसमा पनि बीमालेख धितोमा ऋण प्रदान गरेर यो समस्या धेरैहद सम्म समाधान हुन सक्छ । यसका लागी अभिकर्ता तथा कम्पनीका कर्मचारीहरुले ग्राहकलाई Counseling गर्न जरुरी छ ।

अत बीमालेखको समर्पणलाई कम गर्न वा नियन्त्रण गर्न अवधी बढाएरमात्र पुग्दैन यसका लागी सबै पक्षलाई जिम्मेवार बनाउदै कम्पनिहरुले Target/Incentive को सामन्जस्यता मिलाउने, बीमा बिक्री गर्दा ग्राहकलाई पूर्ण तथा सही सूचना दिने, बीमा बिक्री पश्चातको सेवालाई शसक्त र नियमित बनाउने , Force Selling को साटो Convince गरेर बीमा गर्ने बताबरण तयार भएमा ८० प्रतिशत बीमालेख समर्पण कम गर्न सकिन्छ । साथै नियमनकारी निकायले कुनै एउटा पाटोमा मात्र नियन्त्रण राखी राख्दा त्यसको प्रभावको बारेमा समेत बिश्लेषण हुन जरुरी छ । बरु अन्य पाटाहरुमा समेत नियमन र नियन्त्रण गर्न सके बीमालेख समर्पणमा ब्यवहारिक रुपमा कमिआउने बिश्वास लिन सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS