IME Life
Beema Board

सयपत्री हाइड्रोपावरको आइपीओ प्रि-अलोटमेण्ट सम्पन्न, भोलि बाँडफाँड हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीको आइपीओ भोलि मंगलवार बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार भोलि बाँडफाँड हुने जनाएको छ । आइपीओको प्रि अलोटमेण्ट आइतवार सम्पन्न गरी भोलि बाँडफाँडको तयारी भएको हो ।

आइपीओमा अन्तिम दिनसम्म १५ लाख २३ हजार ७०३ जनाले आवेदन दिएका थिए । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयर खरीद माग भएको हो । यस आधारमा आईपीओमा माग भन्दा २५ दशमलव ७१ गुणा बढी आवेदन परेको हो ।

Prabhu
Crest

यस आधारमा आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।  कम्पनीले साउन १३ गतेदेखि  साउन १७ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ६ लाख कित्ता शेयर छुट्याएकोमा आयोजना प्रभावितले खरिद नगरेको  १ लाख २१ हजार ६० कित्ता शेयर थपेर कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३६ हजार  ५३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो भने १४ लाख ४ सय २१ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS