IME Life

चौथो त्रैमासमा फरवार्ड माइक्रोफाइनान्सको नाफा ६५ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा ६५ दशमलव ६५ प्रतिशतले बढेर ८४ करोड ५३ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ५१ करोड ३ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्मको अवधिमा बैंकको सञ्चालन नाफामा उल्लेखनीय प्रगति हुँदा खुद नाफामा समेत सुधार आएको छ । यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ४९ दशमलव ५१ प्रतिशतले बढेर १ अर्ब २० करोड २ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको सञ्चालन नाफा ८० करोड २८ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २५ करोड ५ लाख ८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद ब्याज आम्दानी १ अर्ब ३६ करोड ११ लाख ८१ हजार रुपैयाँ पुर्‍याएको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ, सापटी रकम १६.८२ प्रतिशतले बढेर १० अर्ब ८ करोड ८३ लाख ७४ हजार रुपैयाँ, जगेडा कोष ७२.३१ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ७९ लाख ३२ हजार रुपैयाँ, निक्षेप संकलन १९.८७ प्रतिशतले बढेर ७ अर्ब ९५ करोड ९१ लाख १ हजार रुपैयाँ, कर्जा २७.९६ प्रतिशतले बढेर १९ अर्ब ८१ करोड १४ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको जनाएको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १०० रुपैयाँ ११ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ३१८ रुपैयाँ ८३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS