IME Life

एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन र नेपाल एसबिआई बैंकलाई दाँजेर हेर्दा (इन्फोग्राफिक सहित)

SPIL
NIC ASIA

काठमाडौँ । एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंक विदेशी लगानी भएका वाणिज्य बैंकहरु हुन् । ४ बैंकले गत आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेका छन् । उक्त रिपोर्ट आधारमा बैंकहरुका विभिन्न सूचक लाई दाँजेर गरिएको तुलानात्मक अध्ययन :

चुक्ता पुँजीको आधारमा :
४ वाणिज्य बैंक मध्ये हिमालयन बैंकको पुँजी सबै भन्दा धेरै छ । हिमालयन बैंकको पुँजी १२ अर्ब ९६ करोड रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको पुँजी सबै भन्दा कम ९ अर्ब ४२ करोड रहेको छ ।

Prabhu
Crest

जगेडा कोषको आधारमा :
४ वाणिज्य बैंक मध्ये एभरेष्ट बैंकको जगेडामा सबै भन्दा धेरै संचित छ । बैंकको जगेडामा १३ अर्ब २२ करोड रहेको छ भने नेपाल एसबिआईको जगेडामा सबै भन्दा कम ७ अर्ब २८ करोड रहेको छ।

नोट: जगेडा कोषमा संचित मुनाफा, जगेडा कोष र शेयर प्रिमियम जोडिएको। 

निक्षेप संकलनको आधारमा  :
एभरेष्ट बैंकले सर्वाधिक १ खर्ब ७२ अर्ब निक्षेप संकलन गर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबै भन्दा कम ९३ अर्ब निक्षेप संकलन गरेको छ ।

कर्जा प्रवाहको आधारमा  :
हिमालयन बैंकले सर्वाधिक १ खर्ब ४७ अर्ब कर्जा प्रवाह गर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबै भन्दा कम ७९ अर्ब कर्जा प्रवाह गरेको छ ।खुद नाफाको आधारमा :
गत आवको १२ महिनासम्म एभरेष्ट बैंकले सर्वाधिक २ अर्ब ५४ करोड खुद नाफा गर्दा नेपाल एसबिआई बैंकले १ अर्ब ६३ करोड खुद नाफा गरेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
एभरेष्ट बैंकको सर्वाधिक २७ रुपैयाँ ०१ पैसा प्रति शेयर आम्दानी हुँदा नेपाल एसबिआई बैंकको सबै भन्दा कम १६ रुपैयाँ ६७ पैसा प्रति शेयर आम्दानी छ ।

किताबी मूल्य (प्रति शेयर नेट्वर्थ)को आधारमा :
एभरेष्ट बैंकको सर्वाधिक २४० रुपैयाँ ७३ पैसा किताबी मूल्य हुँदा हिमालयन बैंकको सबै भन्दा कम १७० रुपैयाँ ५० पैसा किताबी मूल्य  छ।

निस्क्रिय कर्जाको आधारमा :
हिमालयन बैंकको सर्वाधिक शून्य दशमलव ७७ प्रतिशत खराब कर्जा हुँदा नेपाल एसबिआई बैंकको सबै भन्दा कम शून्य दशमलव १५ प्रतिशत खराब कर्जा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS