IME Life
Beema Board

सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १३ गतेदेखि सर्वसाधारण समुहको ७ लाख २१ हजार ६० कित्ता आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।

निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार हिजो सोमबार साँझ ५ बजेसम्ममा १२ लाख १३ हजार ५५१ वटा आवेदन परेको हो । यी आवेदकबाट १ करोड ३८ लाख ६८ हजार ११० कित्ता शेयर माग भएको क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले सर्वसाधारण समुहको ६ लाख कित्ता मध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको एक लाख २१ हजार ६० कित्ता समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता जारी गर्ने भएको हो । उक्त शेयर मध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सामुहिक लगानीकोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ ।

कर्मचारी र म्युचुअल फण्डलाई सुरक्षित गरेर बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारणका लागि जारी गर्ने भएको हो । सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्तादेखि ३० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताहरुले मेरो शेयरको अनलाइन एप्लिकेसनका साथै सि९आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सक्ने छन् ।

कम्पनीले २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको कुल लागत ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २१ करोड ३८ लाख रुपैयाँ पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS