काठमाडौं । व्यवसायिक टार्गेटको नाममा अण्डराइटिङमा वास्ता नगर्ने बीमा कम्पनीका कारण आपराधिक मानसिकताका व्यक्तिहरुले चलखेल गर्न स्थान पाइरहेका छन् । जसको कारण निर्दोष व्यक्तिको हत्या हुने गरेको छ । यसको पछिल्लो ज्वलन्त उदाहरण हो सर्जन वि.क. । उनि सुनियोजित आपराधिक मानसिकताका व्यक्तिको सिकार भएका छन् ।
सुनियोजित अपराधमा बीमा कम्पनीहरुको प्रत्यक्ष संलग्नता रहदैन तर उनिहरुकै लापरवाही र अण्डराइटिङमा कडाइ नगर्दा यस्ता व्यक्तिहरुले चलखेल गर्ने स्थान पाउने गरेका छन् । बाँके कोहलपुर नगरपालिका सर्जन वि.क. सुकुम्वासी समदायमा बस्दै आएका थिए । उनि एक करोड २० लाख रुपैयाँको बीमा शुल्क भुक्तानी गर्न सक्ने क्षमताका व्यक्ति नै थिएनन् ।
बीमा कम्पनीले जीवन बीमा गर्दा बीमितको ‘फाइनान्सियल अण्डराइटिङ’ गर्नु पर्छ । यस कार्यमा सबैभन्दा पहिलो भुमिका अभिकर्ताको हुन्छ त्यस पछि सम्बन्धित बीमा कम्पनीको शाखा कार्यालयमा रहेका अण्डराइटिङ विभागका कर्मचारी र शाखा प्रवन्धकको हुन्छ । तर उनिहरु बीमा कम्पनीहरुले दिएको टार्गेट पुरा गर्न हदैसम्मको लचक भइदिन्छन् । प्रथम बीमा शुल्क आयो भने उनिहरुलाई नविकरण बीमा शुल्क आर्जन सँग खासै मतलब हुँदैन । पोलिसी भित्र्याउने बहानामा अत्यावश्यक कागजपत्रको प्रक्रिया पुरा गरेर मात्रै उनिहरु बीमा गर्न राजी हुन्छन् ।
यहि कमजोरीलाई हेरेर बसेका आपराधिक मानसिकताका व्यक्तिहरुले ठुलो ठाँउ पाउछन् । बीमा पोलिसी खरिद गर्नेदेखि लिएर दाबी भुक्तानीका लागि आवस्यक पर्ने सम्पुर्ण कागजपत्र जुटाउने हिसावले तयारी गर्छन् । सर्जन बि.क.को केसमा पनि यस्तै देखिन्छ । यस घटनाका योजनाकार सञ्जीव अर्यालले सपना मल्ल र सर्जन बि.क.लाई प्रलोभनमा पारी बीमा अभिकर्ता सरदार अहमद खाँको सहयोगमा यो सबै काम गरेको देखिन्छ ।
सपना मल्ल तथा सञ्जीव अर्यालले सर्जनलाई कसरी बीमा गर्न राजि गराए भन्ने कुरा सार्वजिनिक भएको छैन । तर सञ्जीवले यस घटनामा सपना मल्ललाई डिपेण्डेन्ट भिषामा अष्ट्रेलिया पठाउने भन्दै प्रलोभनमा पारेको देखिन्छ ।
जवकी उनिहरुले विवाह नै गरेका थिएनन् । बीमा कम्पनीहरुले आवेदन फारममा श्रीमान श्रीमतिको विवरण भरेकै आधारमा हकवालाको नाम उल्लेख गरिदिन्छन् । उनिहरुले उनिहरु श्रीमान श्रीमति भए नभएको सामान्य विवाह दर्ताको कागजपत्र समेत राख्ने गरेको पाइदैन ।
यस घटनामा स्थानीय निकायबाट विवाह दर्ता गरि सपनालाई हकवाला बनाउदा पनि सर्जनको परिवारलाई यसको कुनै जानकारी भएको देखिदैन । यतिसम्म बीमा कम्पनिको कमजोरी देख्न सकिन्छ कि, सर्जनको वास्तविक परिवार आमा बुवाको अनुपस्थितिमै सपनालाई मात्रै हेरेर दाबी भुक्तानी भएको देखिन्छ । अर्को तर्फ अभियुक्तले दाबी भुक्तानीमा ढिलाइ भएको भन्दै बीमा कम्पनीका कर्मचारीलाई धम्की समेत दिइएको पाइएको छ । एउटा अपराधीले सुनियोजित रुपमै साढे दुई करोड रुपैयाँ प्राप्त गर्नु भनेको बीमा कम्पनीको हरेक ठाउँमा कमजोरी मात्रै देखिन्छ ।
प्रथम अण्डराइटर अभिकर्ता समेत यस्तो कार्यमा संलग्नता रहनुले अझ ठुलो जोखिम देखिन्छ । बीमा कम्पनीहरुले अभिकर्ताको विस्वासमा पोलिसी जारी गर्ने हुँदा उनिहरु नै वदमास भए भने कसरी सुरक्षित महशुस गर्न सकिन्छ ? त्यसैले अभिकर्ताको तर्फमा पनि केहि नीतिगत कुराहरु परिवर्तन गर्नु पर्ने देखिन्छ ।
यहि घटनालाई आधार मान्ने हो भने ठुलो बीमाङ्कको बीमा गर्दा दम्पत्तीकै बराबरको बीमा गर्नु पर्ने देखिन्छ । ताकी श्रीमान श्रीमतिले एक अर्कालाई हत्या गरेर बीमा कम्पनीबाट ठुलो रकम हत्याउन गाह्रो पर्नेछ ।
बीमा कम्पनीले आयोजना गर्ने साना भन्दा साना कार्यक्रममा बीमा समितिका उच्च अधिकारीको उपस्थिति हुने अभ्यासलाई पनि यस घटनाले झस्काएको छ । एक अपराधिलाई विशेष सम्मानका साथ ठुलो कार्यक्रम नै आयोजना गरेर चेक रकम हस्तान्तरण गर्दा समितिका अध्यक्ष पुग्नु कति जायज ? यस घटनाले बीमा समितिका पदाधिकारीलाई पनि लाजमर्दो बनाइदिएको छ । साहेद यस विषयमा बीमा समितिले पनि भोलिका दिनमा संयमता अपनाउने छ ।
बीमा कम्पनीको यहि मेकानिजमले यस भन्दा अगाडी कयौ घटना भइसकेको हुनु पर्छ । नेपाल पुनर्बीमाको संकाले घटनामा छानविन भएर अपराधीहरु समातिए । तर यसमा नेपाल पुनर्बीमाको पनि ठुलो लापरबाही छ । जति वेला यो पोलिसीको पुनर्बीमाका लागि निवेदन पर्यो त्यति वेला किन नेपाल पुनर्बीमाले हेर्न सकेन ? जव दाबी पर्यो अनिमात्रै दाबी भुक्तानी दिनु नपरोस भनेर संका गरेको देखिन्छ । यदि पोलिसी जारी हुने वित्तीकै नेपाल पुनर्बीमाले संका गरेको भए एक निर्दोश व्यक्तिको ज्यान जोगिन्थ्यो । तर जे भए पनि अन्तिम अवस्थामा आएको गरेको संकाले अपराधी कानुनी फन्दामा पार्न सफल भएको छ ।
बीमा समितिले यस अपराधिक कार्यक्रमा बीमा कम्पनीको कमजोरीलाई हेरेर उचित अध्ययन गर्न सक्नु पर्छ । बीमा कम्पनीहरु भित्रका यस्ता लुपहोल बन्द गर्दा उचित नियम निर्देशन बनाउनुका साथै कडाइका साथ लागु गर्न सक्नु पर्छ । निम्न अपराधिहरुले बीमा कम्पनी सँग लिएको साढे दुई करोड रुपैयाँ फिर्ता गराउन पहल गर्नु पर्छ उनिहरु र उनिहरु सँग सम्बन्धित व्यक्तिको खाता रोक्का अविलम्ब रोक्का गर्नु पर्छ । उक्त रकम फिर्ता नआएसम्म बीमा कम्पनीले उक्त रकम बरारबरको प्रोभिजनिङ गर्नु पर्छ । उक्त रकम नेपाल पुनर्बीमा कम्पनीबाट आउदै नआइ दाबी भुक्तानी भएकोले यसमा कम्पनीको ठुलो कमजोरी देखिन्छ । यहि रकमले गर्दा अन्य बीमितको कोषबाट कट्टा गरिनु हुँदैन । कम्पनीको आम्दानी तथा मुनाफामा मात्रै प्रोभिजनिङ गर्नु पर्छ ।