IME Life
Beema Board

बीमा कम्पनीको एकल बीमा शुल्क आर्जन ४ अर्ब माथि, समितिले कडाइ गर्दा २.८९ प्रतिशतमा खुम्चियो (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले एकल बीमा शुल्क पोलिसीमा कडाइ गर्दा गत आर्थिक वर्षमा एकदमै कम बीमा कम्पनीले टार्गेट पुरा गर्नका लागि यस पोलिसीलाई प्रयोग गरेको पाइएको छ । समितिले सरेण्डर अवधि बढाए सँगै यस पोलिसी मार्फत टार्गेट पुरा गर्ने अभ्यास विस्तार कम हुँदै गएको हो ।

गत आर्थिक वर्षमा १८ वटा जीवन बीमा कम्पनीले ४ अर्ब १२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । जवकी कुल बीमा शुल्क आर्जनमा यसको हिस्सा जम्मा २.८९ प्रतिशत मात्रै हुन आउछ । कुल बीमा शुल्क आर्जनमा नेपाल लाइफको बजार हिस्सा २५ प्रतिशत छ तर एकल बीमा शुल्क आर्जनमा जम्मा १६.४० प्रतिशत मात्रै छ ।

Prabhu
Crest

तर गत आर्थिक वर्षमा मेट लाइफले अन्तिम समयमा टार्गेट पुरा गर्न प्रथम बीमा शुल्कको पोलिसी प्रयोग गरेको छ । कुल बीमा शुल्क तर्फ मेट लाइफको बजार हिस्सा ३ प्रतिशत मात्रै छ तर एकल बीमा शुल्क आर्जन तर्फ ११.४५ प्रतिशत रहेको छ । यसबाट पनि कम्पनीले टार्गेट पुरा गर्न एकल बीमा शुल्कवाला पोलिसी बढी बिक्री गरेको देखिन्छ । मेट लाइफले गत वर्ष ४५ करोड ९३ लाख आर्जन गरेको देखिन्छ ।

तेस्रो स्थानमा रहेको नेशनल लाइफले गत आर्थिक वर्षमा ४३ करोड रुपैयाँ आर्जन गरेको छ । यस तर्फ कम्पनीको बजार हिस्सा १०.७४ प्रतिशत छ । कुल बीमा शुल्क आर्जन तर्फ पनि नेशनलको १०.१६ प्रतिशत छ । चौथो स्थानमा रहेको सिटिजन लाइफले गत वर्ष ३९ करोड ५८ लाख रुपैयाँ एकल बीमा शुल्क आर्जन गरेको छ । जसको बजार हिस्सा ९.८७ प्रतिशत छ ।

पाँचौ स्थानमा रहेको ज्योति लाइफले पनि ३५ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । जसको बजार हिस्सा ७.३३ प्रतिशत छ । अन्य कम्पनीहरु क्रमश एशियन लाइफ २९ करोड ४२ लाख, प्राइम लाइफ २६ करोड, सूर्या लाइफ २० करोड १४ लाख, युनियन लाइफ १६ करोड ८१ लाख, आइएमई लाइफ १६ करोड ७ लाख, एलआइसी नेपाल १५ करोड ५२ लाख, रिलायन्स लाइफ १२ करोड १२ लाख, सानिमा लाइफ ९ करोड ८८ लाख, रिलायबल नेपाल लाइफ ७ करोड ४४ लाख, प्रभु लाइफ ६ करोड ४ लाख, गुराँस लाइफ ४ करोड ४६ लाख, महालक्ष्मी लाइफ तीन करोड ५५ लाख र सन नेपाल लाइफ ३३ करोड ९६ लाख रुपैयाँ रहेको छ । राष्ट्रिय बीमा संस्थाले एकल बीमा शुल्कको पोलिसी बिक्री गरेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS