IME Life
Beema Board

सगरमाथा इन्स्याेरेन्सकाे बीमाशुल्क आम्दानी तीन अर्ब नाघ्याे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडले बीमाशुल्क आम्दानीमा करिब १५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । चालू आर्थिक वर्षको असार २८ गतेसम्ममा कम्पनीको बीमाशुल्कवापतको आम्दानी तीन अर्ब नाघेको छ ।

तीन अर्ब रुपैयाँ बीमाशुल्क आम्दानीको लक्ष्य पुरा भएकोमा सगरमाथा इन्स्योरेन्सका कर्मचारीले खुशियाली मनाउँदै केक काटेका छन् ।

Prabhu
Crest

चालू आवको जेठ मसान्तसम्ममा सगरमाथा इन्स्योरेन्सले २ अर्ब ७९ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत चैत्र मसान्तसम्ममा २ अर्ब ४३ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क आम्दानीसँगै सगरमाथा निर्जीवन बीमा कम्पनीहरुमध्ये दोश्रो स्थान हासिल गर्न सफल भएको थियो ।

सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७।७८ मा २ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेको थियो । यो अघिल्लो आ.वको तुलनामा १६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष २०७६।७७ मा २ अर्ब २५ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS