IME Life

बैंकिङ प्रणालीमा एकै दिन थपियो १० अर्ब, सिडी रेसियो सहज बन्दै

SPIL
NIC ASIA

काठमाडौं । सिडी रेसियो केही सहज भएको छ । नेपाल राष्ट्र बैंकले प्रदान गरेको तथ्याङ्क अनुसार सीडी रेसियो ८७ प्रतिशतको आसपासमा आईपुगेको छ । असार २६ गतेसम्म वाणिज्य बैंकको सिडी रेसियो ८७ दशमलव १४ प्रतिशत रहेको छ,  जुन अघिल्लो दिन अर्थात असार २५ गते ८७ दशमलव ३८ प्रतिशत थियो । राष्ट्र बैंकले असार मसान्तसम्म ९० प्रतिशत मुनी सीडी रेसियो ल्याउनु पर्ने निर्देशन दिएसँगै बैंकहरु कर्जा प्रवाहमा सुस्त र निक्षेप केन्द्रित कारोवार गर्दै आएका छन् । असार महिनामा राज्यले निकै धेरै भुक्तानी दिने समय भएकोले पनि यो समयमा सरकारी ढुकुटीबाट प्रणालीमा पैसा आउने गर्दछ ।

नेपाली बैंकिङ  प्रणालीमा कुल निक्षेप ५१ खर्ब पुगेको छ । असार २५ गते ५० खर्ब ९८ अर्ब पुगेको निक्षेप  एकै दिन करिव १० अर्बले वृद्धि भएको हो । वाणिज्य बैंकमा एकै दिन निक्षेप आक्रामक वृद्धि हुँदा प्रणालीमा ५१ खर्ब निक्षेप पुगेको हो।

Prabhu
Crest

कर्जा प्रवाह भने घटेको छ । समिक्षा अवधिमा कर्जा प्रवाह ३ अर्बले घटेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS