IME Life

एनआईबीएल एसद्धारा विदेशमा रहेका नेपालीलाई शेयर बजार सम्बन्धि तालिम प्रदान

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपालीहरुलाई लक्षित गर्दै भर्चुअल माध्यमबाट शेयर बजार सम्बन्धि तालिम र सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

‘माटो र पसिनाको नाता वैदेशिक अम्दानी स्वदेशमा लगानी’ भन्ने मूल उद्देश्यका साथ यस क्यापिटलले, असार १७ मा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको स्वेदश तथा विदेशमा रहेका पदाधिकारीहरुको साझेदारीमा त्यँहा उपस्थित सहभागिहरुको विभिन्न जिज्ञासाहरु सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुका बारेमा समेत छलफल गरिएको थियो ।

Prabhu
Crest

उक्त कार्यक्रममार्फत, विदेशमा बसेर कसरी बैंक खाता, डिम्याट खाता र ब्रोकर खाता खोल्न सकिन्छ ? कसरी लगानी गर्ने ? कसरी राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्ने बारे पनि जानकारी गराएको थियो । उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत प्राप्त भएको क्यापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS