IME Life

मलाई बीमा यतिमा चाहियो भन्ने होइन कम्पनीले आह्वान गरेको दरमा गर्ने हो : सूर्य प्रसाद सिलवाल

SPIL
NIC ASIA

काठमाडौं । बीमाको प्रणालीमा बीमित, बीमा समिति, बीमक र सर्भेयर सहित चारवटा पाटाहरु छन् ।  सबैको आ-आफ्नै महत्व रहेको छ । बीमा सर्भेयर एउटा महत्वपुर्ण पक्ष हो जसले सबैभन्दा पहिला उपस्थिति जनाउछन् । कुनै पनि दुर्घटना भए पछि सबैभन्दा पहिला पुग्ने भनेका सर्भेयर नै हुन् ।

सर्भेयरको रिपार्ट, उसको व्यवसायिकता, उसको इमानदारीतालाई देखेर बनेको प्रतिवेदनको आधारमानै बीमितले क्षतिको भरपाई पाउछन् । यो पाटोमा हामी कहाँसम्म सक्षम छौं भन्ने कुरालाई बीमा समितिमै बसेर हेरिरहेका छौ । जहाँ कतिसम्म गैरव्यवसायिक रुपमा काम भइरहेको छ भन्ने मुद्दालाई पनि हेर्छौ । सर्भेयर एसोसिएसनका सदश्यहरुले आफु कतिसम्म सभ्य छौ कि छैनौ भन्ने कुरालाई हेरिदिनु पर्छ । यस बाहेक उहाँहरुले ‘हामीले गर्नु पर्ने केहि छ कि छैन भन्ने कुरा गरिदिनु पर्छ ।’

Prabhu
Crest

केही कुराहरु हामीले कुनै पनि कुराको नतिजाको लागि समयमै उपलब्ध गराइदियौ भने जस पाउन सक्छौ । समय गइसकेपछि त्यसको कुनै महत्व हुँदैन । हामीकहाँको तमाम सर्भेयरका रेकर्ड र कागजपत्रहरुलाई हेर्ने हो भने प्रायजसो सर्भेयरको प्रतिवेदन समय गइसकेपछि बल्ल आउँछ । कहि न कहि हामीभित्र अलिकति इमान्दारीता छ कि छैन भन्ने कुराको भित्रैदेखि सामान्यिकरण गर्नु खोज्नु पर्छ । तर त्यो केस स्टडिले देखाउँछ । त्यसमाथिको प्रभावलाई निसाले बडो गम्भिरतापूर्वक हेर्नुपर्छ ।

तपाईहरुको क्षेत्र सँग सम्बन्ध राख्ने भएकाले मैले यस्तो कुरा उठाएको हो । अहिलेसम्म व्यवसाय भइरहेको पाइरहेको थिए । सर्भेयरहरुले त्यस्ता व्यवसायलाई आफैले होल्ड गरेर राख्ने प्रवृत्ती बढेको छ । यस खालको प्रवृत्तिलाई समितिले अन्त्य गर्ने प्रयास गरिरहेको छ ।

कतिपय सर्भेयरले दण्डको भागीदार हुने अवस्था पनि आयो । त्यसैले हामीले एक खालको बाटो बनाइदिएका छौं । उसले कतिसम्म रेस्पोन्स गर्ने हो त्यसको तय हुनु पर्छ । मेलम्चिको जस्तो घटनालाई रेस्पोन्स गर्न गाह्रो पर्छ तर केहि यस्ता घटनाबाहेक अन्यलाई रेस्पोन्स गर्न सक्नु पर्छ ।

अहिले बीमा समिति, बीमा कम्पनी, बीमक संघ, इपान, निर्माण व्यावसायी महासंघको बीचमा एकखालको दरको विषयमा विवाद छ । मैले कहिले पनि भन्न सक्दिन कि मेरो घरको २ सय रुपैयाँको बीमा गरिदेउ भनेर । त्यो मैले भनेर मैले बीमा गर्न पाउँदिन । बीमा गर्ने भनेको त कम्पनीले अफर गरेको रेटको आधारमा हो । र त्यसले बल्ल सेक्युरिटि दिने हो । अब यसका पछाडी धेरै कुराहरु छन् । हामीले धेरै पटक उहाँहरुलाई पत्रचार गरेका छौं । हामीले के भनेका छौं भने, ल त्यसो भए रेट कति हुनुपर्यो ? दर कम हुनुपर्यो भने किन हुनु पर्यो त्यसको आधार ल्याउनुहोस् अनि हामी फेस गरेर टुङ्गाउला ।

वार्तामा बसेर हामीले उहाँहरुको कुरालाई सौहार्दपुर्ण रुपमा सन्यौ । बीमा भनेको अन्तर्राष्ट्रिय व्यवसाय हो । नेपालकै कम्पनीले बीमा गर्न सक्दैन । नेपाली कम्पनीले धेरै जोखिम बहन गर्न सक्दैन । बीमा भनेको अन्तर्राष्ट्रिय व्यवसाय हो । नेपाली कम्पनीले थोरै दरमा बीमा गर्दा विदेशी अन्तर्राष्ट्रिय बीमा कम्पनीले पुनर्बीमा गर्न सक्दैन । नेपालीले विदेशी पुनर्बीमा कम्पनीमा जोखिम हस्तान्तरण गर्छन् । त्यस्पछि विदेशी पुनर्बीमाले पनि अन्य ठुला पुनर्बीमा कम्पनीमा रेट्रोसेसन गरेर विश्वमै जोखिम बाँड्छन् । त्यसकारणले अहिले हामीले राख्ने दर भनेको विदेशी पुनर्बीमा कम्पनीले स्वीकार गर्ने खालको मात्रै छ ।

(नेपाल सर्भेयर संघले आयोजना गरेको गोष्ठीमा बीमा समितिका अध्यक्ष सूर्य सिलवालले दिएको मन्तव्यको सम्पादित अंश)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS