IME Life

नेपाल पुनर्बीमा कम्पनीको नाफा ४५ % ले घट्दा आर्जन गर्यो ४ अर्ब ९५ करोड खुद बीमा शुल्क

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७८/ ७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीले निर्जीवन बीमा व्यवसाय तर्फ ३३ करोड ६१ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन बीमा व्यवसय तर्फ ४५ करोड ४३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, जीवन बीमा व्यवसाय तर्फ कम्पनीले ४ करोड ४७ लाख रुपैयाँ नोक्सान बेहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जीवन बीमा व्यवसाय तर्फ ८ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा जीवन तथा निर्जीवन व्यवसाय मार्फत एकमुष्ठ रुपमा २९ करोड १४ लाख रुपैयाँँ मुनाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जीवन तथा निर्जीवन व्यवसाय मार्फत एकमुष्ठ रुपमा ५३ करोड ६९ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४५.७२ प्रतिशतले गिरावट आएको छ ।

कम्पनीले निर्जीवन बीमा व्यवसाय तर्फ ४ अर्ब १७ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने जीवन बीमा व्यवसाय तर्फ ७८ करोड ४० लाख १८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन बीमा व्यवसाय तर्फ ३ अर्ब ४० करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो भने जीवन बीमा व्यवसाय तर्फ ३९ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले जीवन तथा निर्जीवन बीमा व्यवसायको एकमुष्ट रुपमा ४ अर्ब ९५ करोड ८० लाख ६० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले जीवन बीमा व्यवसाय तर्फ ४ करोड ८३ लाख ४१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने निर्जीवन बीमा व्यवसाय तर्फ१ अर्ब ९८ करोड २१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ ००३ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १५७ रुपैयाँ ३३ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात २५५.२४ गुणा रहेको छ ।

नेपाल पुनर्बीमाको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।  चालू आर्थिकको दोस्रो त्रैमाससम्ममा कम्पनीले निर्जीवन र जीवन व्यवसायको जगेडा कोषमा ४ अर्ब १३ करोड रहेको छ । गत आथिृक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको रकम १८ दशमलव ३८ प्रतिशतले बढेको हो । बीमा कोषमा २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS