IME Life
Beema Board

खाँडादेवी गाउँपालिकामा बीमा समितिको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिको आयोजनामा खाँडादेवी  गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा समितिले स्थानीय निकायको समन्वयमा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रममको आयोजना गर्दै आएकोमा समितिले रामेछाप जिल्लाको खाडाँदेबी गाउँपालिकामा स्थानिय तहसँग उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधी, बीमा कम्पनीका शाखा कार्यालयका शाखा प्रमुख, वित्तीय शाखा कार्यालयका शाखा प्रमुखहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Prabhu
Crest

कार्यक्रममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी विभिन्न चेतनामुलक जानकारी दिएका थिए । उनले नेपालमा बीमा क्षेत्रको हालको अवस्था, बीमाको महत्व, स्थानीय निकायबाट बीमा समितिको अपेक्षाहरुको बारेमा प्रस्तुत गरेका थिए । साथै, उनले बीमा क्षेत्रको प्रभाबकारीतालाई निति सम्मबत रुपमा गाउँ गाउँ सम्म सेवा पुर्याउनु कम्पनीहरुको जिम्मेवारी भएको भन्दै सबै कम्पनीहरुलाई ईमान्दार पुर्वक काम गर्न आग्रह गरे ।

त्यस्तै, कार्यक्रममा सानिमा लाइफका मुख्य प्रबन्धक गुणाराज श्रोष्ठले बीमा सबैको लागि अपरिहार्य रहेको कुरा बताएका थिए । बीमाले आफ्नो र आफ्नो परिवारको जोखिमलाई रक्षा गरेर खाख्ने भएकाले बीमा सबैको लागि महत्वपुर्ण भएकाले सबैलाई बीमा गर्नुपर्ने कुरामा जोड दिए ।
त्यसैगरी कार्यक्रममा खाडाँदेबी गाउँलीकाको अध्यक्ष ज्ञानकुमार श्रोष्ठले हाम्रो पालिकामा पनि बीमा समिति आएर बीमाको विषयमा स्थानीयले बीमा बारे बुझने मौका पाएको बीमा समितिलाई धन्यवाद ज्ञापन गरे । साथै, उनले बीमा सबैको लागि अनिवार्य भएकाले बीमाको अभियानलाई सबैको पहुँचमा गाउँसम्ममा पुर्याउनुपर्ने बताए । बीमा सेवा गाउँमा पुर्याउनका लागि पालिकाले पनि आबश्यक सहयोग गर्ने र सोही अनुरुप कम्पनीहरुले पनि बीमितलाई सरल र सहज सेवा उपलब्ध गराउन आग्रह गरे ।

कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रमका बीमा कम्पनीका ग्राहक तथा सहभागिहरुले बीमामा हुने गरेको झंझटिलोपन र अज्ञानताका कारण सर्वसाधारणले पाएको दुःख र परेको समस्याका बारेमा कुरा उठाएका थिए । सर्वसाधारणले उढाएको विषयमा बीमा समितिका उप निर्देशक निर्मल अधिकारीले प्रष्ट पारेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS