IME Life
Beema Board

आजदेखि बीमा कम्पनीमा पनि लागू भयो गोएमएल,शंकास्पद कारोबारमा प्रत्यक्ष निगरानी गरिदैं

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले बीमा कम्पनीहरूको लागी पनि शंकास्पद कारोबार सम्बन्धी सूचना गोएमएल पोर्टलमार्फत् नै उपलब्ध गराउनुपर्ने प्रावधान लागू गरेको छ ।

यसअघि पाक्षिकरूपमा बीमा कम्पनीहरूसँग शंकास्पद कारोबार वा रकमको सीमा नाघेका बीमितबारे जानकारी माग गर्दै आएको बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले असार १ गतेबाट लागू हुने गरी अनिवार्य दैनिकरुपमा कारोबार सम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । बीमा कम्पनीले सिडिमा र इमेलमार्फत पाक्षिक तथ्यांक पेश गर्दै आएका थिए ।

Prabhu
Crest

शंकास्पद कारोबार, निगरानीमा राखिनुपर्ने सूचीमा रहेका राजनीतिक पष्ठभूमीका व्यक्ति, रु‍ १ लाख वा सोभन्दा बढी भुक्तानी गर्ने बीमितको सम्बन्धमा जानकारी पेश गर्नको लागी बीमा कम्पनीलाइ गोएमएल सफ्टवेयर प्रयोग गर्न सुझाव दिइएपनि अधिकांश बीमकले प्रयोगमा ल्याएका छैनन् ।

बैंक तथा वित्तीय संस्थाले एक पटकमा रु‍ ‌‌‍ १० लाख वा सोभन्दा बढी कारोबार गर्ने ग्राहक सम्बन्धमा वित्तीय जानकारी इकाइलाइ नियमितरुपमा सूचना दिनुपर्ने प्रावधान छ । तर बीमा कम्पनीले एक पटकमा रु १ लाख वा सोभन्दा बढी रकम बीमाशुल्कवापत भुक्तानी गर्ने बीमितबारे जानकारी उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ ।

बीमामा पहुँच दर अत्यन्तै न्यून रहेको अवस्थामा मुद्रा निर्मलीकरणको विषयलाइ लिएर विशेषगरी जीवन बीमा कम्पनीहरुको लागी रु‍ १ लाखको सीमा तोकिएकोमा बीमकको असन्तुष्टी रहँदै आएको छ ।

वित्तीय जानकारी इकाइ र बीमा समितिले समेत रु‍ १ लाख वा सोभन्दा बढीको बीमाशुल्क नगद भुक्तानीका रुपमा स्वीकार गर्न बीमा कम्पनीलाइ रोक लगाएको छ । बीमितले रु‍ १ लाख वा सोभन्दा बढी रकम भुक्तानी गर्नुपर्दा अनलाइन कारोबार चेक वा बैंक खातामा नगदै जम्मा गरेर सोको भौचर पेश गरेर मात्र भुक्तानी गर्न पाउने प्रावधान छ ।

शुरूमा जेठ १ गतेबाट नै यो प्रावधान लागू गर्ने घोषणा गरेपनि बीमा कम्पनीले तयारी नपुगेको भन्दै थप समय माग गरेपछि असार १ बाट हुने गरी अनिवार्य गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS