IME Life

बजेट पछिको दुई दिनमै ८५ अंकको गिरावट, किन घटिरहेको छ शेयर बजार ?

SPIL
NIC ASIA

काठमाडौं । बजेट पछिको दुई कारोबार दिनमा नेप्से सूचक ८५ अंकले घटेको छ । बजेट अगाडी शेयर बजारका विषयका पनि केहि संबोधन हुने चर्चाले बढेको थियो । तर बजेटले लगानीकर्ताले अपेक्षा गरे अनुसार खासै केहि पनि नआए पछि हिजो सोमबार र आज शेयर बजारमा भारी गिरावट आएको छ ।

लगानीकर्ताहरुले बजेट पछि शेयर बजार बढ्ने अनुमान गरिरहेका थिए । बजेट आयो तर शेयर बजार भने बढ्नुको सट्टा उल्टै घटिरहेको छ । अहिले बजारमा दीर्घकालिन लगानीकर्ता भन्दा पनि अल्पकालिन लगानीकर्ताहरु अझ नियमित रुपमा कारोबार गर्ने मात्रै छन् । उनिहरुले बजारको सप्लाइ धान्न तथा बजार बढाउने सामर्थ्य राख्दैनन् ।

Prabhu
Crest

बजार अझै केहि समय सुधार नहुने संकेत पाएका ठुला लगानीकर्ताहरु अहिले बजार प्रवेश गर्ने मनस्थितिमा छैनन् । यसको प्रमुख कारण हो बैंकिङ तरलता र विग्रदो अर्थतन्त्र । नेपालको आन्तरिक कारणले भन्दा पनि बाह्य कारणले नेपालको अर्थतन्त्र कमजोर बन्दै गइरहेको छ ।

पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेकाले हरेक कुराको लगात बढिरहेको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा व्यापार घाटा थप चलिदै गइरहेको छ । सरकारले आयातलाई निरुत्साहित गर्न विभिन्न सामानहरुको आयातमा रोक लगाए पनि व्यापार घाटा घट्न सकेको छैन ।

अर्को तर्फ बजार सुधारका लागि सबैभन्दा महत्वपुर्ण कुरा बैंकिङ तरलता हो । बैंकिङ प्रणालीमा भएको निक्षेप विस्तारै बाहिरिरहेको छ । ठुलो रकम पेट्रोलियम पदार्थको आयातकै लागि बाहिरिएको हो । तर देशको आन्तरिक उत्पादन बढ्न सकेको छैन । उद्योग कलकारखानाले स्वदेशी माग धान्न सक्ने अवस्था छैन । स्वदेशी उद्योगले आन्तरिक माग धान्न नसक्ने वित्तीकै स्वत आयातमा चाप पर्न जान्छ । जति धेरै आयात भयो स्वेदेशी निक्षेप तथा पैसा पनि प्रणालीबाट बाहिरिन पुग्छ ।

अर्को तर्फ नेपाल राष्ट्र बैंकले निक्षेप बढाउनका लागि कुनै पनि आकर्षक योजनाहरु ल्याउन सकेको छैन । अर्थमन्त्री र गभर्नरको समन्वय नहुँदा मोनिटरी पोलिसी र फिस्कल पोलिसीको समन्वय हुन सकेको छैन । दुबैले एक अर्कालाई असहयोग गर्ने नीति लिए सँगै तत्काल कुनै पनि विषयमा समाधान हुन सक्ने देखिदैन ।

असारसम्ममा सरकारको चालु तथा पूँजीगत खर्च दुबै बढ्छ । यस अवधिमा विकास खर्च पनि धेरै हुने भएकाले बैंकिङ प्रणालीमा निक्षेप आउन सक्छ । यसले बैंकहरुको तरलतामा केहि सहजता आउछ । तर अहिलेकै अवस्थामा अधिकाम्स बैंकहरु सिडी रेसियोका कारण नयाँ कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा छन् ।

निक्षेप आइहाल्यो भने पनि बैंकहरुले असार मसान्त भित्र ९० प्रतिशत भित्र झार्नु पर्ने भएकाले उनिहरुले थप नयाँ कर्जा प्रवाह गर्न सक्ने देखिदैन । त्यस पछिका केहि महिनामा तरलता सहज हुन सक्छ । तर अहिलेकै अवस्थामा तरलता अभाव छ भने साउन पछि त झन् बढ्न सक्ने देखिदैन ।

मंगलबार नेप्से सूचक ३५.५३ अंकले घटेको छ । नेप्से सूचक १.६३ प्रतिशतले घटेर २१३७.९२ अंकमा रोकिएको छ । तीन अर्ब ३१ करोड रुपैयाँको कारोबार हुँदा १७५ वटाको मूल्य घटेको छ । सर्वाधिक धेरै उपकार लघुवित्तको शेयर मूल्य ८.२३ प्रतिशतले बढेको छ र

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS