IME Life

भारतमा सरकारले नै बढायो तेश्रो पक्ष मोटर बीमाशुल्क

SPIL
NIC ASIA
काठमाण्डौं । भारतको सडक यातायात तथा राजमार्ग मन्त्रालयले जुन १ देखि लागू हुने गरी विभिन्न श्रेणीका सवारीसाधनका लागि तेश्रो पक्ष बीमाको बीमाशुल्कमा बीस प्रतिशतसम्म वृद्धि गरेको छ ।
मन्त्रालयले तेश्रो पक्ष बीमाशुल्क दर निर्धारण गरेको यो पहिलो पटक हो। मन्त्रालयले निर्धारण गरेको बीमाशुल्क दरमा सवारीसाधनको इन्जिन क्षमता अनुसार बीमाशुल्क दरमा १ देखि २० प्रतिशतसम्मको वृद्धि गरिएको छ । तर ७५ देखि १५० सिसि क्षमताको इन्जिन भएको मोटरसाइकलको तेश्रो पक्ष बीमाशुल्क दरमा ५.१ प्रतिशत कटौती गरेको छ ।
यसअघि कोरोना महामारीको कारण तेश्रो पक्ष बीमा बीमाशुल्क दर वृद्धिमा १६ जुन २०१९ यता रोक लगाइएको थियो । प्रस्तावित बीमशुल्क विगत दुई वर्षको दाबी अनुभवमा आधारित रहेको र हालको घाटाको प्रतिनिधित्व नभएको र मूल््य वृद्धिको आवश्यक परिमाणलाई न्यून गर्नको लागी वृद्धि गरिएकोे बीमा अधिकारीहरुको दाबी छ ।
भारतको राजपत्रमा १७ मार्च २०२२ मा प्रकाशित भएको चालू आर्थिक वर्षको लागि प्रस्तावित बीमाशुल्क वृद्धिको मस्यौदामा १ अप्रिल २०२२ लाई प्रिमियम वृद्धि हुने मिति उल्लेख गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS