IME Life

जनता टेलिभिजनले आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल सँग गर्‍यो सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । जनता टेलिभिजनले आइपिओ निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटललाई व्यवसायिक परामर्शदाताको रुपमा नियुक्त गरेको छ । जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल सँग संझौता गरेको छ ।

कम्पनीले व्यवसाय विस्तार गरी सर्वसाधारणको समेत सहभागी गराउने हेतुले आईपीओ जारी गर्ने भएको हो । भविष्यमा आईपीओ जारी गर्ने तयारी स्वरुप कम्पनीले जेठ १२ गते विजनेश कन्सेप्ट टु लिस्टिङ नामक सेवा लिनका लागि ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता गरेको छ ।

Prabhu
Crest

क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कम्पनीलाई आईपीओ निष्कासनका लागि आवश्यक परामर्स र समन्वय गर्नेछ । नेपाली व्यवसायिक वातावरणमा स्थापित गराउने योजना सहित संस्थागत परामर्श, लगानी प्रवर्द्धन तथा कारोबारको दायरा विस्तारका लागि क्यापिटलले आवश्यक कार्यहरु अघि बढाउनेछ ।

क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनादेखि आईपीओ जारी गरी सूचीकृत सम्मको कार्यलाई एकीकृत रुपमा सम्पूर्ण सेवा उपलब्ध गराउनेछ ।

झण्डै १ हजार २०० भन्दा बढी सर्वसाधरण शेयरधनीहरुको संस्थापक शेयर लगानी रहेको जनता प्रसारण तथा प्रकाशन लिमिटेडले हाल जनता टेलिभिजन एचडी, रेडियो जनता ८९ दशमलव १, जनता समाचार डट कम र जनता प्रकाशन सञ्चालन गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS