IME Life

बीमामय जनप्रतिनिधि : रेनु दाहालको पहिलो निर्णय सरकारी अस्पतालमा जन्मिएका छोरीको जीवन बीमा

SPIL
NIC ASIA

काठमाडौं । स्थानीय तहका नव निर्वाचित जनप्रतिनिधिहरुको पहिलो आकर्षण बीमामा देखिएको छ । अन्य स्थानीय निकायका जन प्रतिनिधिहरुले स्वास्थ्य बीमाको घोषणा गर्दै गर्दा भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहालले दोस्रो कार्यकालका लागि पदभार ग्रहण लगत्तै सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरूको जीवन बीमा गरिदिने पहिलो निर्णय गरेकी छन् ।

मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरू​ले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् ।

Prabhu
Crest

उनले महानगरपालिका भित्रका स्थानीयतको लागि सात हजारसम्म खानेपानीको महसुल तिरिदिने दोस्रो निर्णय गरेकी छन् ।  खानेपानी सेवाबाट करिब ५२ प्रतिशत जनता लाभान्वित हुने बताइएको छ । दाहालको पहिलो प्राथमिकतामा परेको बीमा योजनाले सरकारी अस्पतालको प्रवर्द्धन हुनुकासाथै बीमाको पनि राम्रो प्रचार भएको छ । दाहालको यस्तो कदमले महानगर भित्रका छोरीहरु बीमाको दायरामा आउने छन् ।

भरतपुर महानगर सहित अन्य स्थानीय तहका नवनिवार्चित जन प्रतिनिधिहरुले पनि बीमा योजना सार्वजनिक गरिरहेका छन् । केहि दिन अगाडी हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख मिनाकुमारी लामाले निःशुल्क बीमा गराउने निर्णय गरेकी थिइन् । उनले उपमहानगरभित्र रहेका अति विपन्न घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेकी हुन् । हेटौंडा उपमहानगरपालिकाभित्र रहेका अति विपन्न घरपरिवारमध्ये हाल १५ सय ४१ घर परिवारले निःशुल्क स्वास्थ्य बीमा पाउने भएका छन् । नवनिर्वाचित उपमहानगरपालिकाका प्रमुख लामाले पदभार ग्रहण गरेसँगै उक्त निर्णय गरेकी हुन् । साथै उक्त घरपरिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत समेत निःशुल्क उपलव्ध गराउने उनले बताएकी छिन् ।

कमलामाई नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले नगरपालिकाभित्रका अति विपन्न परिवारलाई निशुल्क बीमा गराउने घोषणा गरेका छन् । नगरप्रमुख पोखरेलले आफ्नो पदभार ग्रहण गरेकै दिन उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् । साधारण स्वास्थ्य समस्याको उपचारमा समेत पहुँच नभएका अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको नगर प्रमुख पोखरेलले बताए । उनका अनुसार आगामी आर्थिक वर्षदेखि नगरपालिकाभित्र उक्त निशुल्क स्वास्थ्य बीमा लागु हुनेछ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी नवनिर्वाचित मेयर विमल राईले पदभार ग्रहण लगत्तै  शारीरिक रूपमा अशक्त, एकल नागरिक र अभिभावक विहीन बालबालिकाको लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्यण गरेकी छिन् । नवनिर्वाचित मेयर राईले सोमबार पदभार ग्रहण लगत्तै एकल महिला, एकल पुरुष, बिधुवा, विधुर, ‘ख, ग र घ’ वर्गको अपाङ्गता भएका नागरिक तथा अभिभावक विहीन बालबालिकाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने निर्णय गरेकी हुन् ।

जुम्लाको हिमा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुन्दर लक्ष्मण शाहीले पदभार ग्रहण गरे लगत्तै गाउँपालिकाका सम्पूर्ण घरपरिवारका नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेका छन् । उनले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, गरिब विपन्न, अपाङ्गता भएका तथा असहाय व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

काभ्रे जिल्लाको रोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिम बहादुर वाईवा ‘ज्वाला’ले पदभार ग्रहण गरेलगत्तै ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने पहिलो निर्णय गरेका हुन्। रोशीमा ३ हजार दुई सयभन्दा बढी ज्येष्ठ नगारिकहरू छन् । उनीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क बीमा गर्ने पहिलो निर्णय गरिएको जनप्रतिनिधिहरुले बताएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिकाभरीका नागरिकको स्वास्थ्य बीमामा ५० प्रतिशत अनुदानमा गरिदिने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको पदबहालीका क्रममा अध्यक्ष विष्णु केसीले पालिकामा रहेका ६ हजार चार सय ६ घरपरिवारलाई प्रतिपरिवार तीन हजार पाँच सयमध्ये ५० प्रतिशत पालिकाले ब्यहोरिदिने निर्णय गरेका हुन् । यो निर्णयले पालिकाको वर्षेनी एक करोड १२ लाख रुपैयाँ बीमामै खर्च हुनेछ ।

बीमा योजना सार्वजनिक गर्नेमा उनिहरु मात्रै छैनन् । अन्य स्थानीय तहका प्रतिनिधिहरुले पनि बीमाको कार्यक्रामलाई आत्मसाथ गर्दै योजनाहरु सार्वजनिक गरिरहेका छन् । हेर्दा र सुन्दा राम्रो लाग्दै गर्दा कार्यान्वयको पाटोलाई भने हेर्न बाँकी छ । यसरी बीमाका कार्यक्रम मार्फत थोरै बीमा शुल्क भुक्तानी गरिदिएर धेरै मानिहरुलाई ठुलो रकमको लाभ पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम सार्वजनिक भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS