IME Life
Beema Board

सातामा अन्तिम दिन १५ अंकले घट्यो नेप्से, ९३ करोड २२ लाखको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज सातामा अन्तिम दिन पनि शेयर बजार नेप्से परिसूचक घटेको छ । आज शेयर बजार १५ दशमलव ८२ अंकले घटेर २,२३५ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज ३८ कम्पनीको शेयर मुल्य बढेको छ भने १४२ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता शेयर किनबेच हुँदा ९३ करोड २२ लाख ६ हजार रुपैयाँको शेयर कारोबार भएएको छ । आज सबैभन्दा धेरै अरुण कावेली पावरको कारोबार भएको छ । कम्पनीको ३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको २ करोड ७६ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल पुनर्बीमाको २ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको २ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले २ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले २ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ९४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS