IME Life

बीमा अभिकर्ताले ९ महिनामा कमाए ११ अर्ब ३१ करोड, पुराना कम्पनीको कमिशन घट्यो

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा जीवन बीमा कम्पनीका अभिकर्ताहरुले ११ अर्ब ३१ करोड रुपैयाँ कमिशन बुझेका छन् । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा अभिकर्ता कमिशन १.५० प्रतिशतले मात्रै बृद्धि भएको छ ।

अधिकाम्स पुराना जीवन बीमा कम्पनीको अभिकर्ता कमिशन घटेको छ । प्रथम बीमा शुल्क आर्जनको बृद्धिदरमा गिरावट आए सँगै बीमा कम्पनीको अभिकर्ता कमिशन घट्न थालेको हो । चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव र आर्थिक मन्दिको प्रभाव बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जनमा प्रभाव पारिरहेको छ ।

Prabhu
Crest

पुराना बीमा कम्पनी प्रथम बीमा शुल्क आर्जनका अतिरिक्त नविकरण बीमा शुल्कमा बढी केन्द्रित हुन थालेका छन् । जीवन बीमा कम्पनीहरुको हकमा प्रथम बीमा शुल्क आर्जनबाट भन्दा पनि नविकरण बीमा शुल्क आर्जन राम्रो मानिन्छ । तर नयाँ बीमा कम्पनीहरुको हकमा नविकरण भन्दा पनि प्रथम बीमा शुल्क आर्जन राम्रो मानिन्छ । अंकका हिसावले पुराना बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन धेरै छ तर बृद्धिदरका हिसावले नयाँ कम्पनीको धैरै देखिएको हो ।

अभिकर्ता कमिशन जीवन बीमा व्यवसाय भित्र्याउने अभिकर्ताहरुलाई प्रोत्साहन स्वरुप दिइन्छ । विश्वमै जीवन बीमा व्यवसाय अभिकर्ताकै च्यानलबाट भित्र्याइन्छ । उनिहरुले नै लगभग जीवन बीमा व्यवसाय टिकाउछन् । त्यसैले जीवन बीमा कम्पनीहरुले पहिलो दोस्रो र तेस्रो वर्षको बीमा शुल्कबाट राम्रो कमिशन दिन्छन् । त्यस पछि १० वर्षसम्म बीमा कम्पनीहरुले कमिशन दिने गर्छन् ।

तेस्रो त्रैमाशिक अवधिमा सबैभन्दा धेरै कमिशन घट्नेमा गुराँस लाइफको ३७ प्रतिशत, राष्ट्रिय बीमा संस्थान ३१ प्रतिशत, एलआइसी ८ प्रतिशत, नेपाल लाइफ ७ प्रतिशतल र प्राइमको ७ प्रतिशतले घटेको छ । त्यस्तै सर्वाधिक धेरै कमिशन बढ्नेमा प्रभु लाइफको ३८ प्रतिशत, सिटिजन ३२ प्रतिशत, रिलायबनल २९ प्रतिशत, महालक्ष्मी लाइफ २५ प्रतिशत र सूर्या लाइफ २४ प्रतिशतले बढेको छ ।

सर्वाधिक धेरै कमिशन बुझ्ने नेपाल लाइफका अधिकर्ताको यस पटक भने ७ प्रतिशतले घट्यो । कम्पनीका अभिकर्ताले २ अर्ब ६३ करोड रुपैयाँ कमिशन बुझेका छन् । एक अर्ब भन्दा धेरै कमिशन भुक्तानी गर्नेमा एलआइसी नेपाल एक अर्ब २९ करोड र नेशनल लाइफले एक अर्ब १० करोड रुपैयाँ भुक्तानी गरेका छन् । १९ वटा कम्पनीको अभिकर्ता कमिशन  ११ अर्ब ३१ करोड रुपैयाँ हुँदा तीन वटाको मात्रै ५ अर्ब भन्दा धेरै छ । बजारमा अझै पनि सिमित कम्पनीकै अभिकर्ताको राज रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS