IME Life
Beema Board

चुनाव प्रचार प्रसार सँगै पैसा बाहिर आउन थाल्यो, ६ अर्बले निक्षेप बढ्दा कर्जा ४ अर्बले घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंशाख तेस्रो साता बाणिज्य बैंकहरुमा ६ अर्बले निक्षेप बढ्दा कर्जा लगानी भने ४ अबले घटेको छ । बाणिज्य बैंकहरुले बैंशाख २३ गतेसम्ममा ४३ खर्ब ७३ अर्बले निक्षेप संकलन गरि ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

एक साता पहिला बैंकहरुले ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका थिए । यस अवधिमा सिडी रेसियो ९०.८१ प्रतिशत रहेको छ । बैंकहरुले नयाँ कर्जा लगानीको तुलनामा कर्जा असुली बढाउदा कर्जा प्रवाह बढेको हो ।

Prabhu
Crest

स्थानीय निकायको चुनावको प्रचार प्रसारले बैंकिङ प्रणालीमा पैसा आउन थालेको छ । चुनावमा कालोधन खर्च हुन थाले सँगै लुकाएर राखेको पैसा प्रणालीमा आउन थालेको हो । बैशाख ३० गत तय भएको स्थानीय निकायको चुनावमा उमेद्वार तर भएको र उनिहरुले विस्तारै खर्च गर्न थालेका छन् ।

ठुला र बढी महत्वका महानगर, उपमहानगर र नगरपालिकामा चुनाव जित्नका लागि केन्द्रिय स्तरकै नेताहरुले कालोधन खर्च गर्न थालेका छन् । बैंशाख ३० गतेसम्ममा केहि रकम प्रणालीमा आउन सक्ने अनुमान गरिएको छ । यदि ठुलो रकम प्रणालीमा आयो भने तरलता अभावको समस्या केहि हदसम्म समाधान हुन सक्ने अनुमान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS