IME Life
Beema Board

बीमा समितिले निर्जीवन बीमा कम्पनीका अध्यक्ष र सिइओ सँग क्यापिटल प्लानको विषयमा छलफल गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, अध्यक्ष, सर्वाधिक धेरै शेयर पूँजी भएका मध्ये एक जना संस्थापकहरुलाई छलफलका लागि बोलाएको छ । बीमा समितिले भोलि दिउसो तीन बजे होटल इम्पेरियलमा छलफलका लागि बोलाएको हो ।

बीमा समितिले पहिलो चरणमा निर्जीवन बीमा कम्पनीका शेयरधनी तथा प्रमुख कार्यकारी अधिकृतहरु सँग छलफल गर्ने योजना बनाएको छ । बीमा समितिले अध्यक्षहरु तथा प्रमुख लगानीकर्ताको कुराहरु सुन्नेछ । उनिहरुका कुराहरु सुनिसके पछि बीमा समितिले पनि आफ्नो राय प्रस्तुत गर्ने जनाएको छ ।

Prabhu
Crest

बीमा समितिले चैत १० गते निर्जीवन बीमा कम्पनीहरुलाई एक महिना भित्रमा साढे दुई अर्ब रुपैयाँ पूँजी जुटाउने कार्योजना पेश गर्न निर्देशन दिएको थियो । समितिको निर्देशन अनुरुप सम्पुर्ण कम्पनीहरुले आ-आफ्नो योजना पेश गरिसकेका छन् ।

समितिले सम्पुर्ण कम्पनीहरुको पूँजी बृद्धि योजना हेरिसके पछि पहिलो चरणमा छलफल गर्न थालेको हो । अधिकाम्स बीमा कम्पनीहरुले पहिला बोनस शेयर, बोनस शेयर वितरण पछि कायम पूँजीमा हकप्रद शेयर निष्काशन गर्ने योजना पेश गरेका छन् । केहि कम्पनीहरुले भने मर्जरमा जाने योजना समेत पेश गरेका छन् ।

बीमा समितिले अहिलेलाई सबैभन्दा पहिला क्रस होल्डिङ देखिएका कम्पनीहरुलाई मर्जरका लागि दवाव दिने रणनीति बनाएको छ । क्रस होल्डिङ भएका कम्पनीलाई मर्जरमा लगिसके पछि कमजोर र पूँजी कम भएका कम्पनी आफ्नै मर्जरमा जाने समितिको बुझाइ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS