Connect IPS
IME Life

संस्थागत र व्यक्तिगत अभिकर्तामध्ये कुन प्रभावकारी ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वमै बीमा व्यवसाय अभिकर्ता मार्फत सञ्चालन हुने गरेको छ । नेपालमा पनि बीमा व्यवसायको शुभारम्भ देखिनै अभिकर्ताको च्यानल मार्फत व्यवसाय हुँदै आइरहेको छ । बीमित आफै बीमा कम्पनीमा आएर बीमा गर्ने अभ्यास नभएको हुँदा कम्पनीहरुले अभिकर्ताको च्यानललाई प्रयोग गरेका हुन् । विभिन्न संघ संस्थाको बढ्दो नेटवर्क सँग-सँगै प्रविधिको विकासले संस्थागत अभिकर्ताको अवधारण सुरु भएको हो ।

पछिल्लो समय विश्वमा संस्थागत अभिकर्ताको अभ्यास बढ्दै जान थाले पछि बीमा समितिले गत जेठमा ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ जारी’ गर्यो । यस पछि व्यक्तिगत अभिकर्ताहरुले चर्को विरोध गरे । व्यक्तिगत अभिकर्ताको चर्को विरोध पछि संस्थागत र व्यक्तिगत अभिकर्तामध्ये कुन प्रभावकारी भन्ने विषयले चर्चा पाउन थालेको छ । एकातिर लाखौ अभिकर्ता अर्को तर्फ सिमित संख्याका संस्थाहरु । बीम समितिको पछिल्लो तथ्याङ्कलाई हेरन् हो भने झण्डै ५ सय हाराहारी संस्थागत अभिकर्ताले नविकरण गरिसकेका छन् ।

Prabhu
Crest

संस्थागत बीमा अभिकर्ता
समितिले जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ अनुसार अभिकर्ता भन्नाले बीमा अभिकर्ताको रुपमा काम गर्ने संस्था वा संस्थागत बीमा अभिकर्ता हुन् । उक्त निर्देशिका अनुसार प्रचलित कानुन बमोजिम दर्ता भएको संगठित संस्थाले बीमा अभिकर्ताको लाइसेन्स लिन पाउने व्यवस्था रहेको छ । जसअन्तर्गत ४४३ संस्थाले अभिकर्ताको लाइसेन्स लिइसकेको छ । नेपालमा मुख्यतया सहकारीहरुले अभिकर्ताको रुपमा काम गर्दै आइरहेको छ ।

यसअघि बैंकहरुले बैंकान्स्योरेन्स मार्फत बीमाको सेवा सञ्चालन गरेको थियो । तर बैंकान्स्योरेन्स प्रभावकारी नभएको भन्दै व्यक्तिगत अभिकर्ताहरुले भने संस्थागत अभिकर्ताको विरोध गर्दै आइरहेका छन् । समितिले संस्थालाई अभिकर्ताको लाइसेन्स दिएर व्यक्तिगत अभिकर्ताको रोजीरोटी खोस्न लागेको नेपाल बीमा अभिकर्ता संघका अध्यक्ष नन्द तिवारी बताउँछन् । नेपालमा विद्यमान वेरोजगारी पेशालाई बीमा अभिकर्ता पेशाले केही हदसम्म घटाएको अवस्था रहेको उनी बताउँछन् । यदि संस्थालाई अभिकर्ता बनाउने हो भने यसले वेरोजगारी समस्यालाई बढाउने उनको भनाई छ । जसकारण समितिले व्यक्तिगत अभिकर्ताको अधिकार खोस्न खोजेको उनको आरोप छ ।

विश्व परिवेशमा हेर्ने हो भने संस्थागत अभिकर्ता निक्कै लोकप्रिय रहेको पाइन्छ । छिमेकी मुलुक भारतले पनि पोलिसी बजार डटकम जस्ता संस्था मार्फत संस्थागत अभिकर्ताको काम गर्दै आइरहेको छ । विश्वमा अभ्यास हुँदै आएको संस्थागत अभिकर्ता नेपालका लागि पनि सुहाउँदो रहेको अभिकर्ता पेशामा संलग्न एक अभिकर्ता बताउँछन् । उनका अनुसार हाल व्यक्तिगत अभिकर्ताको रुपमा रहेकाहरुले पनि संस्था निर्माण गरि बीमा गराउन सक्ने भएको हुँदा संस्थागत अभिकर्ता निर्देशिका अहिलेको नेपाली बीमा बजारमा उपयुक्त रहेको देखिन्छ ।

संस्थागत र व्यक्तिगत अभिकर्तामा के भिन्नता ?
नेपालमा हाल १९ वटा जीवन बीमा कम्पनी र २० वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेको छ । यी कम्पनीहरुले हाल व्यक्तिगत अभिकर्ता मार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । प्रत्येक व्यक्तिले बीमितको घरघर पुगेर बीमा गराउने काम गर्दै आइरहेका छन् । नेपालमा गरिने बीमा प्राय अभिकर्ताको चिनजानबाटै हुने गरेको छ । कम्पनीको भन्दा पनि व्यक्तिको सम्बन्धबाट बीमा विस्तार हुँदै गएको अवस्था छ । व्यक्ति स्वयमले बीमितको जिम्मा लिने भएको हुँदा कम्पनी भन्दा पनि व्यक्ति बढी जिम्मेवार देखिन्छन् ।

एक जना अभिकर्ताले बीमा पोलिसि बिक्री गरिसकेपछि उक्त बीमा परिपक्व नभएसम्मको समय अवधिभर जिम्मा लिनुपर्ने हुन्छ । उक्त समयअवधिमा बीमितको दुर्घटना भएमा, बीमितले कर्जा लिएमा वा बीमितको मृत्यु भएमा दाबी भुक्तानी रकमका सम्पूर्ण प्रक्रिया अभिकर्ताकै जिम्मामा हुन्छ । अभिकर्ता बीमितकै घर पुगेर सेवा प्रदान गर्ने भएकोले बीमित र अभिकर्ताबीचको निकटता राम्रो देखिन्छ । यसले गर्दा केही हदसम्म व्यक्तिगत अभिकर्ताको जिम्मेवारी अलि बढि नै देखिन्छ । साथै उक्त अभिकर्ताले पेशाबाट टाँढिएमा वा बसाइसराई गरेको अवस्थामा बीमितप्रतिको जिम्मेवारीमा केही समस्या आउन सक्ने सम्भावना उच्च रहन्छ ।

सोही अवस्थामा संस्था मार्फत बीमा गराएको अवस्थामा बीमितले पाउने सुविधामा केही थप हुन सक्छ । संस्था मार्फत बीमा गराइसकेपछि सम्पूर्ण जिम्मेवारी संस्थामा नै निहित हुने गर्दछ । बीमितले चाहेको समय संस्थामा गएर सेवा सुविधाको माग गर्न सक्छन् । यसका साथै संस्था आफैले पनि बीमा सम्बन्धी जानकारी दिने हेतुका साथ विभिन्न कार्यक्रमको आयोजना गर्दै गर्दा त्यसले बीमितलाई धेरै सहज हुन सक्छ । यस्ता कार्यक्रमले बीमाको दायरा फराकिलो बनाउन समेत सहयोग गर्दछ ।

बीमा कम्पनीहरुको नियामक संस्था बीमा समितिका अनुसार नेपालको कुल जनसंख्यामध्ये ३२ प्रतिशत बीमाको पहुँचमा रहेका छन् । तर अभिकर्ताहरु भने समितिले सार्वजनिक गरेको डाटालाई सहि नभएको बताउँछन् । संस्थागत अभिकर्ता मार्फत थप बीमाको दायरा बढाउन सकिने हेतुका साथ समितिले संस्थागत बीमा अभिकर्ता निर्देशिका जारी गरेको समितिले जनाएको छ । यसै निर्देशिका अनुरुप संस्थाले काम गर्ने हो भने नेपालमा संस्थागत अभिकर्ताको भविष्या राम्रो रहेको एक अभिकर्ता बताउँछन् । उनका अनुसार संस्थाले सिस्टोमेटिक रुपमा काम गर्ने हो भने र बीमा समितिले नियमन गर्ने हो भने नेपालमा संस्थागत अभिकर्ता थप प्रभावकारी र दिगो बन्न सक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS