IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सले तीन दिने बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता आधारभुत तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति तथा संस्थाहरुको सुविधालाई मध्यनजर गर्दै चैत २५ गतेबाट निर्जीवन बीमा अभिकर्ताका लागि तीन दिन तालिम संचालन गर्ने भएको छ ।

तालिमका लागि न्युनतम एसएलसी वा सो सरह उर्तिण गरेको हुनुपर्नेछ । शैंक्षिक योग्यताको प्रमाणपत्रहरु तथा नागरिकताको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ४ प्रति, स्थायी लेखा नम्बर र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ । त्यस्तै, संस्थागत अभिकर्ताको लागि संथाको निवेदन संचालकको फोटो र हस्ताक्षर, संचालकको नियुक्ति र पदावधि मिति लगायतका प्रमाणपत्रहरु आवश्यक पर्नेछ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका संस्था तथा व्यक्तिले १ हजार नगद सहित कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं वा क्षेत्रिय कार्यालय तथा शाखा कार्यालयहरुमा चैत २४ गतेभित्र सम्पर्क गर्नुपर्नेछ ।

तालिम बिहान १० बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ । तालिम एनएलजी इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS