IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सका सिइओ पन्तको वार्षिक तलब सुविधा ८३ लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लब पन्तको वार्षिक तलब सुविधा ८३ लाख ४०३ रुपैयाँ रहेको छ । पन्तले गत आर्थिक वर्ष २०७७/७८ मा तलब भत्ता तथा अलाउन्से बापत ५१ लाख ७९ हजार रुपैयाँ बुझेका छन् ।

उनले तलब भत्ता बाहेक नियम अनुसार कर्मचारी बोनस बापत ३१ लाख २१ हजार रुपैयाँ बुझेका छन् । गत वर्ष उनले कर्मचारी बोनस १३ लाख ७४ हजार रुपैयाँ बुझेका थिए । अघिल्लो वर्षमा उनको तलब सुविधा तथा बोनस सहित ६५ लाख १० हजार रुपैयाँ थियो । कम्पनीको उच्च व्यवस्थापन तहका कर्मचारीले तलब भत्ता बापत एक करोड ५८ लाख रुपैयाँ बुझेका छन् ।

Prabhu
Crest

सञ्चालकहरुले संचालक समितिको बैठक भत्ता बापत १६ लाख ६८ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै लेखापरीक्षण समितिको बैठक भत्ता बापत सञ्चालकहरुले २ लाख ६० हजार, दाबी भुक्तानी तथा पुनर्बीमा उप समिति बैठक भत्ता बापत २ लाख ६० हजार रुपैयाँ प्राप्त गरेका छन् । कर्मचारी सेवा सर्त व्यवस्थापन उपसमितिका पदाधिकारीले बैठक भत्ता बापत ६० हजार रुपैयाँ, लगानी, जोखिम व्यवस्थापन तथा वित्तीय स्वस्थता उपसमितिका पदाधिकारीहरुले बैठक भत्ता बापत ४ लाख ८० हजार रुपैयाँ, सम्पत्ती शुद्धिकरण तथा आतंककारी क्रियाकलाप निवारण उपसमितिका पदाधिकारीहरुले ४० हजार र सूचना प्रविधि उपसमितिका पदाधिकारीहरुले बैठक भत्ता बापत ३० हजार रुपैयाँ बुझेका छन् ।

कम्पनीले यहि चैत १७ गते १६ औ वार्षिक साधारणसभा डाकेको छ । सभाले शेयरधनीहरुका लागि भने १० प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गर्दैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS