IME Life

दुई लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८०० कित्ता र छिमेक लघुवित्तको ६ लाख ६ हजार १४० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला भएको हो ।

छिमेक लघुवित्तको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय रुपैयाँ र आरएमडिसी लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ५४० रुपैयाँ तोकिएको छ । यी शेयर खरीद गर्न इच्छुकहरुले न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ ।

Prabhu
Crest

दुवै कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।उक्त शेयरमा बैशाख १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ ।

यस अघि दुवै कम्पनीको उल्लेखित शेयर विक्रीका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी फागुन ५ गतेदेखि चैत ९ गतेसम्मको मिति तय गरिएको थियो । उक्त अवधिमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न पाउने गरी पुनः विक्री खुला गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS