IME Life

बाणिज्य बैंकको फागुन महिनामा मात्रै २१ प्रतिशतले निक्षेप बढ्दा कर्जा लगानी १७ प्रतिशतले विस्तार

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय स्तरका बाणिज्य बैंकहरुले फागुन महिनामा निक्षेप संकलन २१.६६ प्रतिशतले बृद्धि गर्दा कर्जा लगानी १७.१५ प्रतिशतले विस्तार गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै निक्षेप माछापुच्छ्रे बैंकले ४.८१ प्रतिशतले बृद्धि गरेको छ । एक वर्षको अवधिमा भने जम्मा ७.८५ प्रतिशतले मात्रै विस्तार गरेको छ । फागुन महिनामा मात्रै माछापुच्छ्रेको कर्जा विस्तार १.५१ प्रतिशतले खुम्चिएको छ ।

सर्वाधिक धेरै निक्षेप रहेको एनआईसी एशियाले तीन अर्ब ४ अर्ब संकलन गरेको छ भने २ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा विस्तार गर्न सफल भएको छ । पछिल्लो समय बैंकको निक्षेप संकलन र कर्जा विस्तार सामान्य छ ।

Prabhu
Crest

सर्वाधिक मुनाफा आर्जन गरिरहेको ग्लोबल आइएमइले २ अर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । त्यस्तै नविल बैंकले २ अर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २५ अर्ब कर्जा लगानी गरेको छ । सबैभन्दा कम कर्जा लगानी गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८३ अर्ब ३९ करोड रुपैयाँ लगानी गर्दा निक्षेप संकलन भने ९४ अर्ब ३८ करोड रुपैयाँ छ । फागुन पहिलो सातामा बाणिज्य बैंकहरुले ७ अर्बले निक्षेप संकलन गर्दा तीन अर्बले कर्जा विस्तार गरेका छन् ।

गत साताको भन्दा यस साता बाणिज्य बैंकहरुको सिसिडी रेसियो ९०.९९ प्रतिशतमा झरेको छ । गत साता ९१ प्रतिशत भन्दा माथि थियो । चैत लागे सँगै पूँजीगत खर्च बढ्ने भएकाले बैंकहरुमा तरलता बढ्ने जाने बैंकरहरु बताउछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS