IME Life

तरलता नथपिदा सिडी रेसियो सर्वाधिक टाइट, पुग्यो ९१.०८ प्रतिशत

SPIL
NIC ASIA

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता नथपिदा सिडी रेसियो थप टाइट भएको छ । बाणिज्य बैंकहरुको सिडी रेसियो ९१.०८ प्रतिशत पुगेको छ । फागुन चौथो सातामा बाणिज्य बैंकहरुले निक्षेप संकलन २ अर्बले बढ्दा कर्जा विस्तार भने एक अर्बले खुम्चिएको छ ।

Prabhu
Crest

बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । बजारमा कर्जाको माग जति सुकै बढे पनि बैंकहरु लगानी गर्न सक्ने अवस्थामा छैनन् । फागुन चौथो सातासम्ममा बाणिज्य बैंकहरुले ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४१ खर्ब ६९ अर्ब रुपैया लगानी गरेका छन् ।

फगुन महिनामा मात्रै बाणिज्य बैंकहरुले १५ अर्ब रुपैयाँ निक्षेप गरी १४ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले २०७९ असार मसान्त भित्रमा सिडी रेसियो ९० प्रतिशतमा झार्न निर्देशन दिए पनि यो पुरा हुन सक्ने देखिदैन । अहिले नै सिडी रेसियो औषतमा ९१.०८ प्रतिशत पुगिसकेको हुँदा कुनै पनि बैंकहरु नयाँ कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS