IME Life
Beema Board

नेपाल पुनर्बीमाले बीमा कम्पनीका सिइओहरुलाई फकाउदै !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सञ्चालनमा रहेका बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई फकाउन थालेको छ । यसै क्रममा कम्पनीले यहि फागुन १९ गतेदेखि २१ गतेसम्ममा सम्पुर्ण बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई चितवनको सौराहमा लैजाने भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले सम्पुर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरु सँग पुनर्बीमा सम्बन्धी गोष्ठी आयोजना गर्ने भएको छ । पुनर्बीमाले फागुन १९, २० र २१ गते चितवनको एक लजमा यस्तो कार्यक्रम आयोजना गर्ने भएको हो ।

Prabhu
Crest

फागुन १९ गते ग्याल्पो ल्होछार र २१ गते शनिवार सहित दुई दिनको सार्वजनिक रहेको छ । पुनर्बीमाले बजारमा नयाँ प्रतिस्पर्धी कम्पनी आए सँगै अहिले भइरहेको व्यवसाय टिकाउन साथै अझै व्यवसाय बढाउने हिसावले सम्पुर्ण कम्पनीहरु सँग सम्बन्ध बनाउन खोजेको हो । विदेशी पुनर्बीमा कम्पनीहरुले पनि नेपाली बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई विदेश भ्रमण तथा सेमिनारमा लैजाने गरेका छन् । पुनर्बीमा कम्पनीको व्यवसायको आधार नै बीमा कम्पनीहरु भएको हुँदा उनिहरुले कम्पनीहरुलाई फकाउने गरेका हुन् ।

सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीले यस्तो कुरालाई खासै ध्यान दिन सकेको थिएन । तर बजारमा हिमालयन रिइन्स्योरेन्स कम्पनी आइसकेको छ । हिमालयन रिले कम्पनीहरु सँग सम्बन्ध बनाउदै व्यवसाय तानिरहेको छ । हिमालयनले विदेशी पुनर्बीमा कम्पनीकै रणनीति अख्तियार गर्न थाले सँगै नेपाल पुनर्बीमाले पनि पछ्याउन थालेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS