IME Life
Beema Board

अजोड इन्स्योरेन्सका सिइओ खत्रीको वार्षिक तलब भत्ता ४६ लाख ९६ हजार रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले एक वर्षमा तलब भत्ता तथा अन्य सुविधाहरुबापत ४४ लाख ९६ हजार ७७७ रुपैयाँ बुझेका छन् । खत्रीले गत आर्थिक वर्ष २०७७/७८ मा वार्षिक तलब तथा भत्ता ४१ लाख ४० हजार ५०० रुपैयाँ प्राप्त गरेका छन् । अघिल्लो वर्षमा उनले वार्षिक तलब तथा भत्ता ३८ लाख ६० हजार रुपैयाँ बुझेका थिए ।

उनले यस बाहेक नियम अनुसार मुनाफाबाट कर्मचारी बोनस बापत तीन लाख ५६ हजार २७७ रुपैयाँ प्राप्त गरेका छन् । कम्पनीले प्रमुख कार्यकारी प्रमुखको दुर्घटना बीमा शुल्क बापत अघिल्लो वर्ष ६ हजार ९७० रुपैयाँ प्रिमियम भुक्तानी गरिदिएको थियो । तर यस वर्ष यस्तो बीमा शुल्क भुक्तानी गरिदिएको देखिदैन । खत्रीले यस बाहेक सवारी साधनको सुविधा प्राप्त गरेका छन् ।

Prabhu
Crest

लेखापरीक्षण प्रतिवेदन अनुसार संचालक समितिको बैठक भत्ता बापत ७ लाख ५ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै अन्य समितिको बैठक भत्ता ५ लाख १७ हजार खर्च भएको छ । सञ्चालकहरुलाई दिइएको टेलिफोन/मोबाइल/पत्र पत्रिका तर्फ ४ लाख ४१ हजार खर्च भएको छ ।

कम्पनीको प्रवन्धक तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरुले तलब भत्ता बापत ४ करोड ६५ लाख ७१ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS