IME Life
Beema Board

निर्जीवन बीमा कम्पनीले ६ अर्ब ६८ करोड कुल दाबी भुक्तानी गर्दा ६ कम्पनीको घट्यो, कुनले कति दिए दाबी ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ को दोस्रो त्रैमाससम्ममा १८ वटा निर्जीवन बीमा कम्पनीहरुले ६ अर्ब ६८ करोड ८० लाख ८३ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले कम्पनीहरुले ७ अर्ब ६१ करोड ७ लाख ४६ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको कुल दाबी भुक्तानी रकम ९ दशमलव ८३ प्रतिशतले घटेको छ । त्यसैगरी यस अवधिमा कम्पनीहरुले बीमितलाई २२ अर्ब रुपैयाँ दाबी रकम तिर्न बाँकि रहेको कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

यस अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ वटा कम्पनीको कुल दाबी भुक्तानी घटेको छ । यस अवधिमा शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, हिमालयन जनरल र नेपाल इन्स्योरेन्स कम्पनीको कुल दाबी भुक्तानी घटेको छ ।

Prabhu
Crest

यस अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरेको छ । कम्पनीले यस अवधिसम्ममा ८५ करोड ३३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको दाबी भुक्तानी १५ प्रतिशतले गिरावट आएको देखिएको छ ।
त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीले यस अवधिमा ७५ करोड ३० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आथिृक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुद दाबी भुक्तानी ३४ प्रतिशतले बृद्धि गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले यस अवधिमा ६४ करोड ४ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।
कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार नेको इन्स्योरेन्सले ५९ करोड ६ लाख,सिद्धार्थ इन्स्योरेन्सले ५८ करोड २५ लाख रुपैयाँ,आइएमई जनरलले ४२ करोड ८ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ३८ करोड ३२ लाख रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीले ३५ करोड ८ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ३४ करोड १५ लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३४ करोड ६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेका छन् ।

त्यसैगरी प्रुडेन्सियल इन्स्योरेन्सले ३२ करोड ८६ लाख, यूनाइटेड इन्स्योरेन्सले २६ करोड ३० लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २३ करोड ६ लाख रुपैयाँ, हिमालयन जनरलले २० करोड २९ लाख रुपैयाँ,नेपाल इन्स्योरेन्सले १६ करोड ७७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १६ करोड ७० लाख रुपैयाँ, जनरल इन्स्योरेन्स कम्पनीले ११ करोड ४९ लाख रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ९ करोड ६० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS