IME Life
Beema Board

शिखर इन्स्योरेन्सको मुनाफा २४ करोड ३० लाख रुपैयाँ, बीमा शुल्क आर्जनमा सामान्य गिरावट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको मुनाफामा सामान्य सुधार भएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा २४ करोड ३० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा २४ करोड १४ लाख रुपैयाँ थियो ।

खुद बीमा शुल्क आर्जनमा भने १.६४ प्रतिशतले गिरावट देखिएको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा ७३ करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ७४ करोड ४५ लाख लाख रुपैयाँ थियो । कुल बीमा शुल्क आर्जन भने २ अर्ब ३५ करोड रुपैयाँ छ ।

Prabhu
Crest

कम्पनीको खुद दाबी भुक्तानी ७.२९ प्रतिशतले बढेको छ । कम्पनीले समिक्षा अवधिमा ३९ करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा ३७ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।

कम्पनीले पुनर्बीमा कमिशन मार्फत ३२ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । कर्जा लगानी तथा अन्य आय भने ११ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ रहेको छ । जगेडा कोषमा भने ६९ करोड ३५ लाख रुपैयाँ जम्मा भएको छ । बीमा कोषमा एक अर्ब ४१ करोड रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS