IME Life
Beema Board

प्रुडेन्सियल इन्स्योरेन्सको खुद बीमा शुल्क र नाफा दुबै घट्यो, जगेडा कोषमा ३० करोड २० लाख संचिती

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीले खुद नाफा, खुद बीमा शुल्क आर्जन तथा बीमा कोषको आकार घटेको छ ।

१ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३० करोड २० लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २३ करोड ९८ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको छ ।

Prabhu
Crest

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिसम्ममा ७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षक सोही अवधिको तुलनामा कम्पनीको नाफा ३ दशमलव ७६ प्रतिशतले गिरावट आएको हो ।

यस अवधिमा कम्पनीको बीमा कोषमा ५७ करोड २३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ५७ करोड ३७ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार घटेको हो ।

समिक्षा अवधिमा २६ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३२ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १९ दशमलव ८९ प्रतिशतले घटेको छ ।

समिक्षा अवधिमा कम्पनीले १३ करोड ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३१ दशमलव ७३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड २१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ५८.३३ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS