IME Life
Beema Board

६ महिनाको तथ्यांकअनुसार नयाँ निर्जीवन बीमा कम्पनी अजोड, सानिमा र जनरललाई दाँजेर हेर्दा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स नयाँ निर्जीवन बीमा कम्पनीहरु हुन् । तीनै निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७८/७९ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । तींनै निर्जीवन बीमा कम्पनीहरुले आईपीओ निस्काशन प्रक्रिया सम्पन्न गरेर दोश्रो बजारमा कारोवार भएको अवस्थामा अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स कम्पनीलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन:

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा तीनै कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गरेर १ अर्ब पुँजीको लक्ष्य हासिल गरेका छन् ।

जगेडा कोषको आधारमा :
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा अजोड इन्स्योरेन्सको जगेडामा ११ करोड ८० लाख रुपैँया छ भने जनरल इन्स्योरेन्सको जगेडा कोषमा १३ करोड ०३ लाख संचित छ भने भने सानिमा जनरल इन्स्योरेन्सको जगेडा कोषमा ११ करोड १८ लाख रुपैँया संचित छ ।

बीमा कोषको आधारमा:
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा अजोड इन्स्योरेन्सको बीमा कोषमा १३ करोड ५३ लाख छ भने जनरल इन्स्योरेन्सको बीमा कोषमा १४ करोड ९२ लाख छ त्यस्तै सानिमा जनरल इन्स्योरेन्सको बीमा कोषमा १२ करोड १८ लाख रुपैयाँ संचित छ ।

कुल बीमा शुल्क आर्जन रकमको आधारमा :
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म अजोड इन्स्योरेन्सले ७९ करोड २१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने जनरल इन्स्योरेन्सले ४६ करोड ५७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा जनरल इन्स्योरेन्सले ४६ करोड ११ लाख कुल बीमा शुल्क आर्जन गरको छ ।

खुद बीमा शुल्क आर्जन रकमको आधारमा :
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा अजोड इन्स्योरेन्सले २२ करोड ७७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ भने जनरल इन्स्योरेन्सले १३ करोड ५० लाख खुद बीमा शुल्क आर्जन गरको छ र सानिमा जनरल इन्स्योरेन्सले १४ करोड ८१ लाख खुद बीमा शुल्क आर्जन गरको छ ।

खुद नाफाको आधारमा:
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा यो ६ महिनाको अवधिमा अजोड इन्स्योरेन्सले ४ करोड ६३ लाख खुद नाफा गरेको छ भने जनरल इन्स्योरेन्सले ५ करोड ६८ लाख खुद नाफा गरेको छ र सानिमा जनरल इन्स्योरेन्सले ५ करोड ८० लाख खुद नाफा गरेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा अजोड इन्स्योरेन्सको प्रति शेयर आम्दानी ९ रुपैयाँ २६ पैसा छ भने जनरल इन्स्योरेन्सले ११ रुपैयाँ ३८ पैसा र सानिमा जनरल इन्स्योरेन्सले ११ रुपैयाँ ६२ प्रति शेयर आम्दानी रहेको छ ।

किताबी मुल्यको आधारमा :
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा अजोड इन्स्योरेन्सको किताबी मूल्य १२६ रुपैयाँ छ भने जनरल इन्स्योरेन्सले १२९ रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले १२४ रुपैयाँ किताबी मूल्य रहेको छ ।

नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS