IME Life
Beema Board

चार बाहेक सबै निर्जीवन बीमा कम्पनीले तयार पारे वित्तीय विवरण, अधिकांशले लाभांश घोषणा गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चार निर्जीवन बीमा कम्पनी बाहेक सम्पुर्ण कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण तयार परेका छन् । बीमा समितिका अनुसार दुई विदेशी बीमा कम्पनीका शाखा ओरियण्टेल र नेशनलले अघिल्लो आर्थिक वर्षकै लेखापरीक्षण तयार पार्न सकेका छैनन् । राष्ट्रिय बीमा कम्पनीको  लामो समयदेखि साधारणसभा गर्न सकेको छैन । तर यस वर्ष शिखर इन्स्योरेन्सले अझै पनि बीमा समितिमा वित्तीय विवरण पेश गरेको छैन । कम्पनीले केहि दिन भित्रै समितिमा पेश गर्ने तयारी गरेको छ ।

निर्जीवन बीमा कम्पनी मध्ये अहिलेसम्म चार वटाले मात्रै लाभांश घोषणा गरेका छन् । हालसम्म हिमालयन जनरलले ७ प्रतिशत, प्रिमियर इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत, नेको इन्स्योरेन्सले १५.७९ प्रतिशत र प्रभु इन्स्योरेन्सले ११.५८ लाभांश घोषणा गरेका छन् । सानिमा जनरलले भने साधारणसभा नै सम्पन्न गरिसकेको छ । त्यस्तै प्रिमियरले पनि साधारणसभा डाकेको छ  । अजोड, नेको, आइएमई जनरल लगायतले वित्तीय विवरण तयार पारिसकेकाले केहि दिनमै लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् ।

Prabhu
Crest

बीमा समितिले कम्पनीहरुलाई नगद लाभांश वितरणमा प्रतिवन्ध लगाएकोले सबै कम्पनीले बोनश शेयर नै घोषणा गर्न सक्ने देखिन्छ । समितिले कम्पनीहरुलाई बोनश शेयर वितरणका लागि अनुरोध गर्दै आएकाले यस वर्ष विगका वर्षको तुलनामा राम्रो बोनश शेयर वितरण गर्न सक्ने देखिन्छ ।

अवको दुई तीन महिना भित्रमा सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुले साधारणसभा सम्पन्न गरिसक्ने देखिन्छ । यसका लागि समितिले पनि कम्पनीहरुलाई नियमित रुपमा अनुगमन गर्दै आइरहेको छ । यहि कारणले निर्जीवन बीमा कम्पनीको शेयर मूल्यमा लगातार सुधार हुँदै आइरहेको छ । यस अवधिमा निर्जीवन बीमा कम्पनीको शेयर खरिदकर्ताले राम्रो लाभांशा साथै पूँजीगत लाभ पाउन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS