IME Life

३३ अंकले बढ्यो नेप्से , साढे ५ अर्बमाथिको कारोबार हुँदा आइएमई जनरलको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३२ दशमलव ९६ अंकले बढेर २,९३१ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज १६० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने २५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । हिजो घटेको बजारमा आज ३२ अंकले सुधार भएको हो ।

आज दिनभरिमा २२९ वटा कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको २२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज अपि पावर कम्पनीको १८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज शिखर इन्स्योरेन्स कम्पनीको १७ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १५ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मैलुङ खोला हाइड्रोपावर कम्पनी र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै आइसीएफसी कम्पनी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS